एमसिसी मुलुकको हितमा छ : रवीन्द्र मिश्र « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमसिसी मुलुकको हितमा छ : रवीन्द्र मिश्र


१२ माघ २०७६, आइतबार


भद्रपुर । साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) परियोजनालाई संसद्बाट अनुमोदन हुनुपर्ने धारणा राखेका छन् ।

झापाको धुलाबारीमा शनिबार पत्रकार भेटघाट कार्यक्रममा उनले एमसिसी परियोजना मुलुकको हितमा रहेको हुँदा यसलाई गुमाउन नहुने बताएका हुन् ।

परियोजनाका केही बुँदाका विषयमा उत्पन्न अन्योललाई संसद्बाट अनुमोदन हुनुपूर्व परियोजनाका दुवै पक्षबीच भद्र सहमति मार्फत स्पष्ट पार्न अध्यक्ष मिश्रले माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस