नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने


९ माघ २०७६, बिहिबार


नेपाली सेना

डोटी । जिल्ला सदरमुकाम सिलगढी स्थित रुद्धध्वज गणले माघ एघार गते शनिवारका दिन डोटीको केआई सिंह गाउँपालिका वडा नम्बर ३ वासुदेवीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ ।

केआई सिंह गाउँपालिका र शैलेश्वरी अस्पताल दिपायलको समेत सहयोग रहने उक्त शिविरमा सामान्य चेकजाचका साथै विशेषज्ञ चिकित्सकहरू बाट छाला रोग, स्त्री रोग, नाक, कान, घाटीको चेकजाचँ गरिने रुद्धध्वज गणले जानकारी दिएको छ ।

स्थानीय बासीलाई आफ्नो घर आगनमा निःशुल्क रूपमा स्वास्थ्य सेवा लिन सहज होस् भन्ने उद्देश्यले गाउँपालिकाको समन्वय सहकार्यमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागेको केआई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले बताए ।

शिविरमा विभिन्न रोगका विशेषज्ञ डाक्टरहरूको सहभागिता हुने भएकाले सबै रोगका बिरामीहरूलाई चेकजाँच गराउन आई मौकाको फाइदा उठाउन समेत अध्यक्ष शाहीले आग्रह गरेका छन् ।

एक दिन मात्र सञ्चालन हुने उक्त शिविरमा नेपाली सेना र शैलेश्वरी अस्पतालका बाट विशेषज्ञ चिकित्सक सहित पाँच जना डाक्टरहरूको टोली रहने समेत रुद्धध्वज गणले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस