राजधानीको ढुंगेधारामा बम विस्फोट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राजधानीको ढुंगेधारामा बम विस्फोट


१ माघ २०७६, बुधबार


काठमाडौँ । राजधानी काठमाडाँको स्वयम्भूस्थित ढुंगेधारामा बम विस्फोट भएको छ। बुधबार साँझ अज्ञात समूहले बम विस्फोट गराएको हो ।

सानो भर्याङस्थित ललिता निवास प्रकरणका मुख्य आरोपी शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको हो । घटनास्थलतर्फ प्रहरी गइसकेको छ ।

विस्फोटका कारण घरका शिशा र गाडीमा क्षति पुगेको छ । साँझ ७ बजेर ५५ मिनेट जाँदा भएको विस्फोट प्रतिबन्धित चन्द समूहले गराएको आशंका प्रहरीले गरेको छ ।

घटनाको थप विवरण आउन बाँकी छ।

Tags :
प्रतिक्रिया दिनुहोस