चार करोड हिनामिना गर्ने कृषि विकास बैंकका आठ जना विरुद्ध मुद्दा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चार करोड हिनामिना गर्ने कृषि विकास बैंकका आठ जना विरुद्ध मुद्दा


२९ पुस २०७६, मंगलबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंक न्यूरोड शाखामा भएको रकम हिनामिना गर्नेविरुद्ध मुद्दा दायर गरेको छ। मंगलबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले कृषि विकास बैंक न्यूरोड शाखाका तत्कालीन शाखा प्रबन्धक प्रेमहरी ढुंगेल र नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी रमेशराज विष्टसहित आठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

कृषि विकास बैंक, न्यूरोड शाखाकी टेलर सहायक दिपिका रेग्मी, गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे, रमेशराज विष्ट र प्रकाश घतानीसहितलाई प्रतिवादी मनाएर मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

शाखा प्रबन्धक ढुंगेल र कर्मचारी रेग्मीविरुद्ध ४ करोड २४ लाख १३ हजार विगो कायम गरिएको छ। उनीहरुकै सरसल्लाह, सहमति र मिलेमतो गरी अनधिकृत रुपमा रकम हिनामिना भएको अख्तियार अनुसन्धानको ठहर छ।

‘बैंकमा रहेको रकम झिक्ने र राख्ने कार्यमा विभिन्न प्रकृया मिलाउने र निकालिएको उक्त रकम भाग लगाई हिस्सा लिनेखाने, लाभ प्राप्त गर्नेसमेतको कार्य गरेको पाइएको छ’, अख्तियारको विज्ञप्तिमा भनिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस