सुदूर पश्चिम समाजको अध्यक्षमा धामी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुदूर पश्चिम समाजको अध्यक्षमा धामी


१९ पुस २०७६, शनिबार


काठमाडौँ । सुदूरपश्चिम महालक्ष्मी समाजको अध्यक्षमा जनक बहादुर धामी सर्वसम्मतरुपमा चयन भएका छन् ।

ललितपुरको इमाडोलस्थित आँगन पार्टी भेन्यूमा सम्पन्न समाजको समाजको पहिलो साधारण सभाले धामीको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो । समाजको उपाध्यक्षमा नारायणी जोशी, सचिवमा केशव बहादुर चन्द, सह सचिवमा लाल बहादुर रावल, कोषाध्यक्ष देवकी ओझा चयन भएका छन् । त्यसै गरी सदस्यमा गणेश प्रसाद भट्ट, डा. पदम राज कलौनी, जनक राज भट्ट, खडक सिं महता, मनीषा भट्टराई भट्ट र पृथ्वी बहादुर चन्द रहेका छन् ।

पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको प्रमुख आथित्यतामा सम्पन्न समाजको साधारण सभाबाट साङ्गठनिक आर्थिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस