शिक्षक हत्या अभियोगमा २९ जनालाई मृत्युदण्ड « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

शिक्षक हत्या अभियोगमा २९ जनालाई मृत्युदण्ड


१५ पुस २०७६, मंगलबार


काठमाडौँ । शिक्षक हत्याको आरोपमा सुडानमा २९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

शिक्षकलाई यातना दिइ हत्या गरेको अभियोगमा सुडानको एक अदलतले २९ जना गुप्तचरहरुका अधिकारीहरुलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

गत फेब्रुअरीमा ३६ वर्षीय एक शिक्षकलाई बन्धक बनाइ हत्या गरिएको थियो । उनलाई तत्कालीन राष्ट्रपति ओमार अल बाशिरको सरकारविरुद्ध भएको प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ गरिएको थियो ।

राष्ट्रपति अल बाशिरले गत अप्रिलमा सत्ता छाडेका थिए ।

प्रजातन्त्रवादी प्रदर्शनले राष्ट्रपति अलबाशिरलाई सत्ताबाट हटाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस