चीनको एक भवनमा आगलागी, ६ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चीनको एक भवनमा आगलागी, ६ जनाको मृत्यु


१४ पुस २०७६, सोमबार


चोङ्गकिङ, चीन । चीनको दक्षिणपश्चिम भागमा पर्ने चोङ्गकिङ महानगरपालिकामा रहेको एक भवनमा भएको आगलागीमा परी कम्तीमा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

चोङ्गकिङको फुलिङ जिल्लमा रहेको सो भवनमा स्थानीय समयानुसार सोमबार बिहान ७ : ५५ मा आगलागी शुरु भएको सो जिल्लामा रहेको सार्वजनिक विभागले जानकारी दिएको छ ।

सो आगलागीको कारण अनुसन्धारत रहेको जनाइएको छ । यस आगलागीमा परी के कति व्यक्ति घाइते भएलगायतका विस्तृत विवरण भने प्राप्त नभएको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस