भ्रमण वर्षको उद्घाटनमा चार देशका पर्यटनमन्त्री नेपाल आउने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भ्रमण वर्षको उद्घाटनमा चार देशका पर्यटनमन्त्री नेपाल आउने


१४ पुस २०७६, सोमबार


काठमाडौं । ‘नेपाल भ्रमण वर्ष २०२०’ को उद्घाटन समारोहमा चार देशका पर्यटनमन्त्री आउने नेपाल आउने निश्चित भएको छ।

समारोहमा चीन, भारत, जमैका र म्यान्मारका पर्यटनमन्त्री आउने निश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

उद्घाटन समारोह त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मन्त्रालयले जनाएको छ ।

सरकारले बुधबार भ्रमण वर्षको भव्य उद्घाटन गर्ने तयारी गरिरहेको छ । उक्त कार्यक्रमकै लागि भुटानको पर्यटन बोर्डका महानिर्देशक नेपाल आइसकेका छन्।

कार्यक्रमका लागि पर्यटन मन्त्रालयले दिउँसो होटल मेरियटमा पत्रकार सम्मेलन गर्दैछन्। उक्त कार्यक्रमका लागि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुलाई पनि निमन्त्रणापत्र पठाइएको मन्त्रालय स्रोतले बताएको छ।

रंगशालामा हुने भव्य कार्यक्रमको राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ३ बजे उद्घाटन गर्ने बताइएको छ ।

तयस्तै जनवरी ७ मा विदेशस्थित नेपाली कूटनीतिक नियोगमा समेत भ्रमण वर्षको उद्घाटन कार्यक्रम राखिएको छ।

बुधबार काठमाडौंसहित सबै प्रदेशमा समेत भ्रमण वर्ष उद्घाटन समारोह राखिएको छ। प्रदेशमा हुने कार्यक्रमको उद्घाटन प्रदेश मुख्यमन्त्रीहरुले गर्नेछन्।

प्रतिक्रिया दिनुहोस