कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करार कर्मचारीको आन्दोलन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करार कर्मचारीको आन्दोलन


१२ पुस २०७६, शनिबार


काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका करार कर्मचारीहरुले स्थायी गर्न माग गर्दै आन्दोलन थालेका छन् । शुक्रबार करारका २२९ कर्मचारीहरुले कालोपट्टी बाँधेर सेवा दिएका थिए ।

कर्मचारीहरुले पुस १२ मा प्रतिष्ठानको नियमावली जलाउने, पुस १३ देखि ईमरजेन्सीबाहेकका सम्पूर्ण कामहरु ठप्प गर्ने कार्यक्रम तय गरेको उल्लेख छ । यस्तै पुष १४ मा प्रधानमन्त्रीको अध्यक्षतामा हूने सिनेट बैठकमा स्थायीको प्रस्ताव लिन भन्दै कडा प्रकारका आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

लामो समय सेवा गर्दा पनि स्थायीलगायत सेवा सुविधामा प्रतिष्ठानले बेवास्ता गरेको भन्दै आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको करार कर्मचारीको भनाइ छ।

प्रतिष्ठानको उच्च स्तरको सबै टिम सिनेट बैठकका लागि काठमाडौंमा छन्।

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले करारका कर्मचारीहरुलाई लोक सेवाले जिम्मा लिने भनेपछि स्वतः स्थायी गर्न गैरकानुनी हुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस