३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महोत्तरीका उखु किसान चिन्तित

अ+ अ-

महोत्तरी । उखु क्रसिङ (काट्ने र पेल्ने काम)मा ढिलाइ हुँदै जाँदा महोत्तरी जिल्लाका किसान अघिल्लो बाली लगाउन नपाइने चिन्ताले पिरोलिएका छन् । जिल्लाको गौशाला नगरपालिकाको रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिजले (एभरेष्ट चिनी उद्योग) पुस दोस्रो साता लागिसक्दासम्म उखु क्रसिङ नखोल्दा उखु कटानमा भएको ढिलाइले नयाँ बाली लगाउने समय घर्किन लागेपछि किसानलाई अहिले जग्गा बाँझो रहने चिन्ताले पिरोलेको हो ।

खुट्टीउखु (दोस्रो वर्षको उत्पादन लिइने उखुबाली) काटेर गहुँ र वैशाखी तरकारी बाली पुस तेस्रो साताभित्रै लगाइसक्नु पर्नेमा उखु क्रसिङ अझै नखुल्दा चिन्ता बढेको किसानको भनाइ छ । पुस तेस्रो साताभित्र बाली लगाउन नपाए पाँच महिना जग्गा बाँझो बस्ने उनीहरु बताउँछन् । ‘गहुँ र वैशाखी तरकारीलगायतका बाली पुस २२ भित्र लगाइसक्नुपर्छ’ भङ्गाहा नगरपालिका–४ का किसान हीरालाल महतो भन्छन्, ‘तर खुट्टीउखु काटेर खेत खाली गर्ने कुनै सुरसार छैन ।’ खुट्टीउखु कटान गरेर पुस २२ भित्र नयाँ बाली लगाउन नपाइए खेतीको समय घर्किएर आउने वैशाखसम्म नयाँबाली लगाउने सम्भावना नरहने किसानको भनाइ छ ।

अहिले जिल्लामा करीब ७ हजार बिघामा उखु रहेको मध्ये ४ हजार ५०० बिघामा खुट्टीउखु रहेको उखु उत्पादक कृषक संघ महोत्तरीले जनाएको छ । पुस दोस्रो साता शुरु भइसक्दासम्म उद्योग पहिलो साता बित्दासम्म उद्योगले उखु क्रसिङ शुरु नगर्दा खुट्टीउखु रहेको खेतबारीमा समयमै अर्को बाली लगाउन नपाएर बाँझो बस्ने चिन्ता बढेको बर्दिबास नगरपालिका–१४ का किसान रामविलास सिंह बताउछन् ।

उखु बाली एक पटकको रोपाइबाट २ वर्ष (दुई पटक) उत्पादन लिइने फसल हो । पहिलो वर्षको फसललाई ‘मुडन’ र दोस्रो वर्षको लाई ‘खुट्टी’ भनिन्छ । दोस्रो वर्ष उखु काटेर खाली खेतमा समयमै अर्को बाली लगाउने समय घर्किन लागेको भन्दै अहिले किसानको पिरोलो बढेको हो । विगतमा मङ्सिर दोस्रोे साताभित्रै उद्योग सञ्चालन हुँदा खुट्टीउखु कटान गरेर नयाँबाली लगाउने समय पाइने गरेको भए पनि पछिल्ला पाँचछ वर्षयता सोे तालिका खल्बलिएको किसान बताउँछन् । गहुँ र वैशाखी तरकारी बाली लगाउन नपाउँदा जग्गा आउने वैशाख अन्त्यसम्म बाँझो बसेर घर गुजारामै समस्या पर्ने गरेको भङ्गाहा—४ कै अर्का किसान लाली महतो बताउछिन् । उर्वर जग्गा पाँच महिना बाँझो रहे जहान परिवार कसरी पाल्ने भन्ने चिन्ताले पिरोल्ने गरेको उखु किसानको एउटै भनाइ छ ।

समयमा क्रसिङ नहुँदा, तौल नहुँदा, क्रसिङपूर्व मूल्य निर्धारण नहुँदा र उखुको मूल्य समयमा नपाइँदा किसान दिक्क भएर वर्षेनी उखु खेती छाड्दै छन् । गत वर्ष ११ हजार बिघामा गरिएको उखुखेती यिनै कारणले घटेर अहिले सात हजार बिघामा झरेको उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहा बताउछन् । ‘वर्षेनी उखुको मूल्यको किचलो र मिल (उद्योग) सञ्चालनमा ढिलाइ हुन्छ’, अध्यक्ष कुशवाहा भन्छन्, ‘कति दिन यो झमेला धान्नू किसानले ? त्यसैले किसानले अन्य विकल्प खोजी गर्न थालेसँगै उखु खेती घट्दै गएको हो ।’ उखुखेतीको क्षेत्रफल घट्दै गएसँगै उत्पादनमा र्‍हास पनि हुँदै आएको कुशवाहा बताउछन् ।

गत वर्ष जिल्लामा २१ लाख ३६ हजार क्विण्टल उखु उत्पादन भएको थियो । यसपालि क्षेत्रफल घटेसँगै उत्पादनको अनुपातमा पनि र्‍हास देखिएको हुँदा उत्पादन निकै घट्ने कुशवाहाको भनाइ छ । ठीक समय (मङ्सिर तेस्रो साताको प्रारम्भ) मा उखु क्रसिङ नखुल्दा पछि हुरी बतास चल्न थालेपछि उद्योग बन्द हुँदा खेतमै उखुमा आगो लगाउनु परेको किसान विगत सम्झन्छन् । गत वर्ष वैशाखमै उद्योग बन्द हुँदा आफ्नो १० कठ्ठा क्षेत्रफलको उखुबाली खेतमै डढेलो लगाउनु परेको बर्दिबास–७ का किसान रामबाबु न्यौपानेले बताए ।

यसपालि पनि उखुको मूल्यको झमेलाले उद्योग उखु क्रसिङमा तातेको छैन । पुस दोस्रो साता लागेपछि बल्ल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मूल्य निर्धारणका लागि प्रस्ताव मन्त्रिपरिषद्मा लगेको छ । यद्यपि किसान, उद्योग र सरकारका प्रतिनिधिबीच गत वर्षकै मूल्य निर्धारण गर्ने सहमति भएको हुँदा मन्त्रिपरिषद्बाट औपचारिक घोषणा अगावै उखु क्रसिङ गर्न सकिने उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनाली बताउछन् । यसपालि गत वर्षकै ५३६. २८ ९रु ५०० र पैसा २८ ० मूल्य निर्धारणको सहमति भएअनुसार तत्काल उद्योग सञ्चालनको तयारी भएको मैनालीको भनाइ छ । यो मूल्यमध्ये रु ४७१ प्रतिक्विण्टल उद्योगले रु ६५ र पैसा २८ सरकारले अनुदानवापत किसानलाई भुक्तानी गर्नेछन् ।

यसै सहमतिअनुसार अब यस यामका लागि केही दिनभित्रै उद्योग सञ्चालन (उखु क्रसिङ शुरु) गर्ने तयारी भएको एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिज रामनगर (महोत्तरी) ले जनाएको छ । ‘हामीले उखु कटानका लागि किसानलाई चलानपूर्जी (उखु काट्न स्वीकृति दिइने कागज) दिन थालेका छौंँ’, उद्योगका महाप्रबन्धक कृष्णचन्द्र दासले भने, ‘अब पाँच दिनभित्रै उखु उद्योगमा आइपुग्ने र चिनी उत्पादन शुरु हुनेछ ।’

उद्योग, किसान (उखु उत्पादक किसान महासंघ) र सरकारका प्रतिनिधिबीच संवाद र सहमति ढिलो हुँदा आफुहरु मर्कामा पर्ने गरेको सर्वसाधारण किसान बताउँछन् । खासगरी खुट्टीउखु कटानमा ढिलाइ हुँदा अघिल्लो फसल समयमा लगाउन नपाउँदा जग्गा लामो समय बाँझो बस्ने स्थिति अन्त्य गर्नुपर्ने किसानको माग छ । यसका लागि हरेक वर्ष मङ्सिर तेस्रो साताभित्रै खुट्टीउखु कटान गर्ने चलानपूर्जी पाउनुपर्ने उखु किसान बताउँछन् ।

प्रतिक्रिया दिनुहोस