पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन


१० पुस २०७६, बिहिबार


काठमाडौँ । नेपाल सरकारका पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ। श्रेष्ठको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

निमोनियाको उपचारका लागि श्रेष्ठलाई अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा नै आज बिहान ५ बजे उनको निधन भएको हो।

निमोनिया भएपछि श्रेष्ठलाई मंगलवार त्रिवि शिक्षण अस्पतालको आइसियुमा राखेर उपचार गर्न सुरु गरिएको थियो।

तनहुँ गजरकोट गाविसमा २०१८ सालमा जन्मेका श्रेष्ठ २०३७ सालमा खरिदारबाट निजामती सेवा प्रवेश गरेका हुन् ।

उनको पहिलो पोष्टिङ् पोखरा स्थित मालपोत कार्यालयमा भएको थियो । ०४१ सालमा नायव सुब्बा, ०४३ सालमा अधिकृत, ०५३ सालमा उपसचिव, ०६० सालमा सहसचिव र ०६९ सालमा सचिवमा बढुवा भएका थिए ।

श्रेष्ठका एक छोरा र तिन छोरी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस