बसको ठक्करबाट काठमाडौंको सुकेधारामा एक छात्राको ज्यान गयो, बसमा आगजनी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बसको ठक्करबाट काठमाडौंको सुकेधारामा एक छात्राको ज्यान गयो, बसमा आगजनी


७ पुस २०७६, सोमबार


काठमाडौं । बसको ठक्करबाट काठमाडौंको सुकेधारामा एक छात्राको ज्यान गएको छ । छात्राको मृत्युपछि विद्यार्थीले बसमा आगजनी गरेको छ । बसमा आगजनी र प्रदर्शनबाट सुकेधारा –चाबहिल क्षेत्रमा तनाव उत्पन्न भएको छ ।

भक्तपुर–काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट सोमबार बिहान पौने ६ बजे सृष्टि पन्तको ज्यान गएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी पन्तलाई उपचारका लागि चाबहिलस्थित ओम अस्पताल पुर्‍याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोरखा घर भएकी २१ वर्षीया पन्तलाई सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको थियो। उनी पशुपति क्याम्पस चाबहिलमा स्नातक चौथो वर्षमा अध्ययन थिइन् ।

बसको ठक्करबाट सहपाठीको मृत्यु भएपछि आक्रोसित विद्यार्थीहरुले काठमाडौं–भक्तपुर चल्ने बा ४ ख ७१०४ नम्बरको बसमा आगजनी गरेका छन् । आगजनीबाट बसमा पूर्णरुपमा जलेको छ ।

आगजनीको आरोपमा गौशाला प्रहरीले नेबिसंघका निवर्तमान केन्द्रीय सदस्य चेतन थापामगर र पशुपति क्याम्पसमा कक्षा १२ मा अध्ययनरत राजेश श्रेष्ठलगायतलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार, विद्यार्थीको प्रदर्शनपछि अहिले यो क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ । अवस्था नियन्त्रणमा लिएर सवारी आवागमन पूर्ववत अवस्थामा सञ्चालन गर्ने तयारी भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस