भ्याट छली गर्ने पेप्सीविरुद्ध ६४ करोडको मुद्दा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भ्याट छली गर्ने पेप्सीविरुद्ध ६४ करोडको मुद्दा


३ पुस २०७६, बिहिबार


काठमाडौँ । बहुराष्ट्रिय कम्पनी वरुण वेभरेज विरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।

पेप्सीलाई बोटलिङ गर्दैआएको वेभरेजले नक्कली भ्याटबिल जारी गरी ६४ करोड ठगी गरेको विभागको आरोप छ । पेप्सी, मिरिन्डा, सेभेन अप लगायत पेय पदार्थ नेपालमा बिक्री गर्दैआएको वरुण वेभरेज बहुराष्ट्रिय कम्पनी पेप्सीकोको नेपालस्थित फ्रेन्चाइज कम्पनी हो ।

झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर प्रयोग गरी ६४ करोड ९६ लाख २ हजार ३ सय ४० राजस्व चुहावट गरेको विभागको दावी छ । विभागले ६४ करोड ९६ लाख २ हजार ३ सय ४० रुपैयाँ विगो र विगोको दोब्बर १ अर्ब २९ करोड ९२ लाख ४ हजार ६ सय ८० जरिवाना र ३ वर्ष कैद सजाय माग दावी गरी वेभरेजका अमित गुप्तासहित ७ जनाविरुद्ध बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

मुद्दामा वेभरेजका वर्तमान तथा पूर्व सञ्चालकहरु अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविणकुमार अग्रवाल, विनादेकुमार सिंह र अशोक कुमारलाई विपक्षी बनाइएको छ ।

साथै नक्कली भ्याटबिलमा बहुराष्ट्रिय कम्पनीविरुद्ध दायर भएको यो नेपालकै ठूलो मुद्दा हो । उक्त कम्पनीले नेपालमा केही हाउजिङ तथा अपार्टमेन्ट समेत सञ्चालन गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस