चिनियाँ राजदूतावासद्धारा नेपाल प्रहरीलाई २३ मोटरसाइकल सहयोग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चिनियाँ राजदूतावासद्धारा नेपाल प्रहरीलाई २३ मोटरसाइकल सहयोग


१ पुस २०७६, मंगलबार


काठमाडौं । नेपालका लागि चिनियाँ राजदूतावासले नेपाल प्रहरीलाई २३ मोटरसाइकल सहयोग गरेको छ । चिनियाँ राजदूतावासले आज महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रु ५६ लाख ३२ हजार ७०० मूल्य बराबरका मोटरसाइकल हस्तान्तरण गरेको हो ।

कार्यक्रममा चिनियाँ राजदूतावासका प्रथम सचिव वाङ छियो लङले कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई मोटरसाइकलको साँचो हस्तान्तरण गरे । कार्यक्रममा कार्यालय प्रमुख क्षेत्रीले मोटरसाइकल प्राप्तिसँगै प्रहरी परिचालनलाई थप तीव्रता दिइने बताए । उनले उपलब्ध मोटरसाइकललाई आवश्यकतानुसार काठमाडौँ, ललितपुर र भक्तपुरका प्रहरी कार्यालयलाई वितरण गरिने जानकारी दिए ।

कार्यक्रममा राजदूतावासका प्रथम सचिव वाङले शदियौँदेखिको नेपाल–चीनबीचको मैत्री सम्बन्ध प्रगाढ रहेको उल्लेख गर्दै मोटरसाइकल सहयोग यसै प्रगाढ सम्बन्धको प्रतीक भएको बताए । उक्त सहयोगले काठमाडौँ उपत्यकाका अत्यधिक जनघनत्व र भौतिक संरचनाको कारणले चारपाङग्रे सवारी साधन सबै ठाउँमा पुग्न कठिन हुने अवस्थामा घटनास्थलमा तत्काल प्रहरीको पहुँच पुग्ने विश्वास लिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस