विद्या भट्टराईले लिइन् सांसदको शपथ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विद्या भट्टराईले लिइन् सांसदको शपथ


१ पुस २०७६, मंगलबार


काठमाडौं । कास्की-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विद्या भट्टराईले मंगलबार पद तथा गोपनियताको सपथ लिएकी छन्।

उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संसद सचिवालयमा आयोजित एक समारोहमा भट्टराईलाई शपथ गराएकी हुन् ।

सभामुख नभएका कारण उपसभामुखबाट पहिलोपटक सांसदले शपथग्रहण गरेको संसद सचिवालयले जनाएको छ । शपथग्रहण समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरुङलगायतको उपस्थिति थियो ।

भट्टराई गत मंसिर १४ गतेको प्रतिनिधि सभाको उपनिर्वाचनमा कास्की-२ मा कांग्रेस उम्मेद्वार खेमराज पौडेललाई ८ हजार मतान्तरले पराजित गरेर सांसद चुनिएकी थिइन्। भट्टराईले २४ हजार ३ सय ९४ मत र खेमराजले १५ हजार ९ सय ९१ मत ल्याएका थिए।

भट्टराई गत मंसिर १४ गते भएको उपनिर्वाचनमा नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् । स्वर्गीय रविन्द्र अधिकारीको स्थानमा उनकै पत्नीलाई नेकपाले उम्मेदवार बनाएको थियो ।

तत्कालीन नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिवसम्म भएकी भट्टराई पछिल्लो समय प्राध्यापन पेशामा थिइन् । भट्टराई २० वर्षपछि सांसद बनेर पुनः राजनीतिमा फर्किएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस