१ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिउँदे झरीले अन्नबालीमा क्षति

अ+ अ-

नेपालगञ्ज । दुई दिन अघिको हिउँदे झरीले बाँकेका किसानले लगाएको अन्नबालीमा ठूलो क्षति पुगेको छ । आवश्यकताभन्दा बढी झरी परेपछि किसानले लगाएको अन्नबालीमा क्षति पुगेको हो ।

गत शुक्रबार एकाबिहानैदेखि पानी पर्न थालेपछि किसान खुशी भएका थिए तर, उनीहरुको त्यो खुशी साँझसम्म दुःखमा परिणत भइसकेको थियो । “एकाबिहानैदेखि राति ९/१० बजेसम्म अविरल परेको हिउँदे झरीले खेत जलमग्न भयो र त्यहाँ लगाइएका अन्नबाली डुबानमा पर्‍या”, बाँके जानकी गाउँपालिका–३ इन्द्रपुरका किसान रामफेरन मौर्यले भने।

झरीले बाँकेमा सबैभन्दा बढी मसुरो, चना र केराउ बालीमा क्षति पुगेको छ भने नालाको छेउछाउ र गहिरो खेतमा लगाएको अन्नबालीमा पनि उत्तिकै क्षति पुगेको छ । गहिरो खेतमा अहिलेसम्म पानी जमेको छ । उक्त पानी सुकन दुई/तीन दिन लाग्ने कृषि प्राविधिकको भनाइ छ । पानीसँगै असिनासमेत परेकाले बढी क्षति भएको खजुरा–२ सीतापुरका अगुवा किसान लालबहादुर खत्रीको दुःखेसो छ ।

कृषि ज्ञान केन्द्र बाँकेका प्राविधिक अहिले किसानको खेतबारीसम्म पुगेर क्षतिको विवरण सङ्कलन गरिरहेका छन् । प्रारम्भिक तथ्याङ्कअनुसार, बाँकेमा २५ प्रतिशत क्षेत्रफलमा पानीले क्षति पुर्‍याएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार, गहुँ, मसुरो चना, केराउ बालीमा १५ प्रतिशत क्षति पुगेको छ भने आलु र टमाटरमा १० प्रतिशत क्षति पुगेको छ ।

हिउँदे झरीले प्रत्येक वर्ष किसानको अन्नबालीमा क्षति पु¥याउँदै आएको छ । किसानको सुरक्षाका लागि सरकारले कृषि बीमामा ७५ प्रति अनुदान दिने व्यवस्था पनि गरेको छ, तर यहाँका अधिकांश किसानले बीमा नगरेको प्रमुख ढकाल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस