सामान्यमा शाखा अधिकृतहरूको पत्रकार सम्मेलन : भने -‘संघमा भर्ना खोल्नु खेदजनक !’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सामान्यमा शाखा अधिकृतहरूको पत्रकार सम्मेलन : भने -‘संघमा भर्ना खोल्नु खेदजनक !’


२९ मंसिर २०७६, आइतबार


काठमाडौँ । प्रदेश तथा स्थानीय तहमा समायोजित अधिकृत कर्मचारीहरूले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै सङ्घमा नयाँ भर्ना खुलाउनु खेदजनक भएको बताएका छन् ।

आइतबार सचिव यादव कोइराला भेट्न पुगेका उनीहरूले कर्मचारी समायोजनका तमाम जटिलता र गुनासा नटुंगिदै सङ्घमा खुलाएको नयाँ बारे आपत्ति जनाएका हुन् ।

सङ्घमा दरबन्दी खाली हुँदाहुँदै पनि प्रदेश र स्थानीयमा जवर्जस्ती समायोजन गरी पठाइनु अन्याय भएको भन्दै उनीहरूले यसरी समायोजन गरिएका अधिकृतलाई सङ्घको दरबन्दीमा व्यवस्थापन गरेपछि बाँकी रहेको दरबन्दीमा मात्रै लोक सेवा आयोग खोल्न भनेका छन् ।

सम्बन्धित समाचार : अधिकृतहरुको टोली सामान्य प्रशासन मन्त्रालयमा

सङ्घ भनेको केवल काठमाडौँ वा सिंहदरवार मात्रै नभई दार्चुला र ओलाङचुङगोलामा पनि भएको बताउँदै आफूहरू देशको जुनसुकै ठाउँमा गएर पनि काम गर्न तयार रहेको तर वृत्ति विकासका अवसरहरूमा राज्यले सम्पूर्ण कर्मचारीलाई समान व्यवहार गर्न जरुरी रहेको उनीहरूको भनाई छ ।

आन्दोलित अधिकृतहरूले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिलाई बिरोधपत्र बुझाउँदै प्रदेशका प्रमुख सचिवमार्फत सामान्य प्रशासन मन्त्रालयलाई समेत ५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए ।

सम्बन्धित समाचार : शाखा अधिकृतको विज्ञापनप्रति समायोजित कर्मचारीहरूको चर्को असन्तुष्टि

सम्बन्धित समाचार : संघमा समायोजन गर्न प्रदेश ५ का अधिकृतहरुको ध्यानाकर्षण

उनीहरुले प्रदेश तथा स्थाीय तहमा स्थायी पदपूर्ति नहुँदासम्म काम गर्ने गरी खटिन तयार रहेको बताएका छन् ।

हेर्नुहोस् माग पत्र

Tags :
प्रतिक्रिया दिनुहोस