बस दुर्घटनामा नेपाली सेनाका १७ घाइते, २ को अवस्था गम्भीर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बस दुर्घटनामा नेपाली सेनाका १७ घाइते, २ को अवस्था गम्भीर


२८ मंसिर २०७६, शनिबार


काठमाडौं । पूर्वी नवलपरासीको कावासोती–३ पुरानो कावासोती बजारमा नेपाली सेना चढेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर छ ।

गम्भीर घाइतेहुनेमा प्रेमबहादुर खत्री र विरेन्द्र शाही गम्भीर घाइते हुनेमा छन् । उनीहरुलाई थप उपचारका लागि चितवन पठाइएको छ । अन्य घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल र कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

सुर्खेतबाट काठमाडौं आउँदै गरेको नेपाली सेनाको टोली सवार ना ६ ख ४०४ नम्बरको बस शनिबार बिहान ३ बजेतिर दुर्घटनामा परेको हो ।

नेपाली सेनामा भर्ना छनौट भएर थप तालिमका लागि काठमाडौं जाँदै गरेकाहरु दुर्घटनामा परेको बताइएको छ । बस अनियन्त्रित भएर सडकबाट तल खसेको हो । बसमा ४० जना सवार थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस