भूकम्प प्रभावित ७७ विद्यालय भवन पुनःनिर्माण हुँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भूकम्प प्रभावित ७७ विद्यालय भवन पुनःनिर्माण हुँदै


२८ मंसिर २०७६, शनिबार


बेझाड । पाल्पामा भूकम्पबाट क्षति पुगेका ७७ विद्यालय भवन यो वर्ष भूकम्प पुनःनिर्माण प्राधिकरणमार्फत पुनःनिर्माण हुँदैछन् । चारकोठे ५०, तीनकोठे चार र दुईकोठे २३ विद्यालय भवन निर्माणकार्य शुरु भएको शिक्षा समन्वय तथा कार्यान्वयन एकाइ प्रमुख रमेशराज पौडेलले बताए ।

जिल्लामा यसभन्दा अगाडि निर्माणकार्य शुरु भएका भूकम्प प्रभावित विद्यालय भवनको पुनःनिर्माणकार्य लगभग ७० प्रतिशत सकिइसकेको छ । आव २०७३÷७४ मा ३२ निर्माण भएका भवनमध्ये नेपाल सरकार शिक्षा विभागबाट ३०, प्राधिकरणबाट दुई वटा छन् । आव २०७४/७५ मा शिक्षा विभाग र भूकम्प पुनःनिर्माण प्राधिकरणबाट गरी जम्मा ११६ भवन निर्माण भएका छन् । प्राधिकरणबाट ७४ भवन प्राप्त भएकामध्ये चारकोठे १६, तीनकोठे चार, दुईकोठे ५४ भवन छन् ।

नेपाल सरकार शिक्षा विभागबाट प्राप्त भएका ४२ भवनमध्ये चारकोठे १२ र दुईकोठे ३० भवन छन् । आव २०७५/७६ मा पहिलो चरणमा शिक्षा विभागबाट प्राप्त ३२ भवनमध्ये चारकोठे १६, दुईकोठे ११, तीनकोठे पाँच भवन छ । दोस्रो चरणमा प्राप्त भएको ४८ भवनमध्ये चारकोठे २४, तीनकोठे चार र दुईकोठे २० भवन छन् ।

प्राधिकरणमार्फत पहिलो चरणमा ३६ भवन प्राप्त भएकामध्ये दुईकोठे १७, चारकोठे चार, तीनकोठे १५ भवन छन् । दोस्रो चरणमा ४८ मध्ये चारकोठे २४, तीनकोठे चार, दुईकोठे २० भवन छन् । प्राधिकरणबाट आव २०७३÷७४ सम्ममा चारकोठे भवनका लागि रु ६३ लाख, दुईकोठे भवनका लागि रु २१ लाख र तीनकोठे भवनका लागि रु ३१ लाख रकम उपलब्ध गराइएको छ । आव २०७४/७५ मा चारकोठे भवनलाई रु ६३ लाख, २०७५÷७६ मा चारकोठे भवनलाई मात्र रु ७० लाख बजेट उपलब्ध गराइएको छ ।

जिल्लामा भूकम्पमा ८२ विद्यालय शुरुमा क्षति पुगेका भवनमा सूचीकृत भएका थिए भने पछि थप भएर आएकासहित ११७ विद्यालय भूकम्प प्रभावित विद्यालयमा सूचीकृत भएका छन् । नेपाल सरकार शिक्षा विभागबाट आव २०७३/७४ सम्ममा चारकोठे भवनलाई रु ३२ लाख, दुईकोठे भवनलाई रु १३ लाख उपलब्ध गराउने गरिएकामा २०७४÷७५ मा चारकोठे भवनलाई रु ३६ लाख, दुईकोठे भवनलाई रु १६ लाख रकम उपलब्ध गराइएको छ । पाल्पामा ४९४ विद्यालय सञ्चालनमा छन् जसमा सामुदायिकतर्फ प्राथमिक २००, संस्थागत ५९, आधारभूत तहमा सामुदायिक ८८, संस्थागत १२, मावि तहमा सामुदायिक ११५, संस्थागत २० विद्यालय छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस