सहसचिव परीक्षाका लागि उपयोगी २० टीप्स « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सहसचिव परीक्षाका लागि उपयोगी २० टीप्स


२६ मंसिर २०७६, बिहिबार


साइबर स्पेस

वार्ताकारमा हुनुपर्ने मुख्य सीपहरु :

  • आधारभूत सीपहरु: अभिलेख व्यवस्थापन, सञ्चार, सूचना तथा सञ्चार प्रविधिको प्रयोग, राष्ट्रिय र संस्थागत हित पहिचान गर्ने, धैर्यपूर्वक सुन्ने सीप, प्रस्तुतिकरण सीप,  सम्बन्ध निर्माण गर्ने,  SWOT analysis skill, Team building skill, सिर्जनात्मक उपायहरु खोजि गर्ने सीप, Skill to make action plan for implementation, Bracketing skill (sorting the issue to be settled).
  • विषयवस्तु र परिस्थिति अनुसार आवश्यक सीप : विषयवस्तुको ज्ञान, उपलव्ध समयको उचित उपयोग गर्ने सीप, धम्कीको प्रयोग र ग्रहण गर्ने सीप, कार्यवोझको सही व्यवस्थापन सीप, अर्को पक्षको कमजोरीमा प्रहार गर्ने सीप
  • थप उपयोगी सीपहरु : भाषा संस्कृतिको ज्ञान र प्रयोग, अन्तराष्ट्रिय कानूनको ज्ञान, Sense of humor/entertainment skill
  • कुनैपनि सरकारी संगठनमा विद्युतीय शासन लागू गर्नका लागि प्रमुख चरणहरु
    • विद्युतीय शासनका लागि सोँच निर्माण
    • विद्युतीय माध्यमको प्रयोग गर्नका लागि आधारभूत तयारी विश्लेषण (E-readiness assessment)
    • हाँसिल हुनसक्ने वास्तविक लक्ष्य निर्धारण तथा अपेक्षित उपलव्धीको व्याख्या
    • लागू गरिने संगठनमा परिवर्तन व्यवस्थापनको लागि रणनीति निर्माण
    • आवश्यकताअनुसार सार्वजनिक निजी साझेदारीको अवलम्वन
    • दिगो सञ्चालनका लागि उपायहरुको अवलम्वन
  • कुनै संगठनमा गुनासो पत्ता लगाउने विधिहरु
    • गुनासो पेटिका
    • सेवा लिएपछि सोधेर भरिने फाराम (Exit Interview)
    • मत सर्भेक्षण
    • असन्तुष्टीको संकेत पाउनासाथ सोधपुछ
    • पारिवारिक मामिला सम्वन्धमा चासो र सरोकार
    • गुनासोकर्ताले गुनासो सुन्ने अधिकारीलाई सफ्टवेयरबाट/सञ्चारसामग्रीबाट वा सिधै भेटेर कुरा राख्ने प्रणाली
  • प्रशासनिक कार्यसंस्कृति उन्नत छ वा छैन भनी मूल्यांकन गर्ने आधारहरु
    • कामप्रतिको सम्मान र समर्पण
    • कार्यसम्पादन स्तर
    • प्रतिस्पर्धीपन
    • समूह गतिशिलता
    • ग्राहक संतुष्टीको स्तर
    • काममा रहेको Innovation
  • सकरात्मक कार्यसंस्कृति विकासका चरणहरु
    • हाल रहेको कार्यसंस्कृतिको पहिचान
    • कस्तो कार्यसंस्कृति चाहिएको हो ? निश्चित गर्ने
    • भइरहेको र चाहेको कार्यसंस्कृतिको वीचको अन्तर विश्लेषण गर्ने
    • उल्लेखित अन्तर कम गर्ने उपाय अवलम्वन गर्ने ।
    • अन्तर कम गरी सुदृढ कार्यसंस्कृति स्थापित गर्ने ।
  • स्रोत व्यवस्थापनका मुख्य विधिहरु
    • मानवीय विधि : मानवीय मूल्य र संस्कृतिलाई सम्मान गर्ने जस्तै : यथासंभव वरपिपल जोगाउने
    • आर्थिक विधि : उत्पादनको आधारमा र तिर्नसक्ने क्षमताका आधारमा स्रोत प्रयोग गर्ने
    • पारिस्थितिक वा पर्यावरणीय विधि : स्थानविशेषको पारिस्थिति प्रणालीमा नकरात्मक असर नपर्ने र धर्तिले धान्न सक्ने क्षमतामा आधारित रहेर स्रोतको उपयोग गर्ने
    • प्रविधिसम्मत विधि : कम लागत र वढि उत्पादन हुनेगरी नवीन प्रविधिको प्रयोग गरी स्रोतको प्रयोग गर्ने ।
  • विदेसी लगानीको औचित्य र आवश्यकता
    • पूँजीको अपर्याप्तता पूर्ति गर्न
    • व्यवस्थापकीय कौशल भित्र्याउन
    • वित्तीय वजारलाई वृहत र सञ्जालयुक्त वनाउन
    • विश्वव्यापी स्रोत प्रवाह र सन्तुलन
    • भूमण्डलीकरणको व्यवहारिक प्रयोग
    • निकासीको आकार वढाउनका लागि उत्पादनमूलक क्षेत्रको विकास
  • क्षमता र संभावनाको समष्टिरुप मानिने प्रतिभा व्यवस्थापनका उपायहरु
    • प्रतिभाको पहिचान वा खोजी Talent Hunt
    • क्षमताको मूल्यांकन एवं पुनर्मूल्यांकन
    • कुशलता व्यवस्थापन
    • कार्यसम्पादन व्यवस्थापन (उपयुक्त जिम्मेवारी र सो को मूल्यांकन)
    • क्षमता विकासको अवसर र वृत्ति विकास
    • सुविधा वा श्रमको क्षतिपूर्ति
    • उत्तराधिकारी योजना
  • विकासको वातावरण वा विकासको लागि राजनीति (Delhi Metro का परियोजना प्रवन्धक श्रीधरणले राखेका शर्तहरु)
    • काममा राजनैतिक हस्तक्षेप हुन नहुने
    • कानूनवमोजिम स्वतन्त्रतापूर्वक काम गर्न पाउनुपर्ने
    • कम्पनीलाई पूर्ण स्वायत्तता हुनुपर्ने
    • वित्तीय प्रकृयामा झन्झट हुन नहुने
    • वाधा परेमा सरकारले फुकाइ दिनुपर्ने
  • सार्वजनिक निकायको सफलताको लागि ४ खम्वा
    • पद्धति
    • पारदर्शिता
    • इमान्दारिता
    • उत्कृष्टता
  • जीवनको गाँठीकुरा बुझ्नुहोस्, सफलताको कुनै चोरबाटो हुँदैन, गन्तव्यमा नपुगुन्जेल हिँड्नैपर्दछ । गोविन्द के सी
  • “नपोल्ने आगो, नभिजाउने पानी, गुलियोपन नभएको मह, नकाट्ने खुकुरी र तीतोपना नभएको नीम” यी सबैले आफ्नो अस्तित्व गुमाउँछन् । हाम्रो मौलिक चिनारी संस्कृतिका सम्वन्धमा समेत हामीहरु सजग हुनु जरुरी छ । Eastern Saying
  • ADKAR Model of change management
    • Awareness
    • Desire and willingness
    • Knowledge
    • Ability
    • Reinforcement
  • गरिवमुखी विकास प्रशासनका प्रमुख क्षेत्रहरु
    • गरिव कार्यरत भौगोलिक क्षेत्र र गरिव संलग्न हुने रोजगारीको क्षेत्र
    • गरिव वसोवास गर्ने क्षेत्र र आवश्यक सुविधा
    • गरिवहरुलाई संगठित हुने माध्यम जस्तै सहकारी
    • गरिवले उत्पादन गर्ने वस्तु वा सेवा
    • उत्पादनका साधनहरुको स्वामित्व र नियन्त्रण
    • गरिवले प्रयोग गर्ने वस्तु वा सेवा
    • गरिवमैत्री नीति र कार्यक्रम
  • The challenge facing by New Nepal is inability to make accountable to those which has power, authority and resources.
  • सिर्जनशीलता Creativity मापनका केही प्रमुख आधारहरु
    • समस्या समाधानमा इच्छुक
    • उच्चस्तरको प्रेरणा
    • व्यापक सोचाइ
    • प्रष्ट पार्ने क्षमता
    • फ्याट्ट वोल्ने वानी
    • काममा मग्नता
  • संघीयताका ५ सिद्धान्त
    • जवाफदेहिता
    • कार्यकुशलता
    • अन्तरनिर्भरता
    • विविधतावीच एकता
    • स्वायत्तशासन र सहशासन
  • विपद जोखिम न्युनिकरणका लागि सेन्डाइ खाकाका ४ प्राथमिकताहरु
    • विपद जोखिमको वोध Understanding of Disaster Risk
    • शासकीय क्षमताको वढोत्तरी Strengthening Governance
    • उत्थानशीलता वृद्धिका लागि लगानी Investing in Resilience
    • सशक्त पूर्वतयारी Enhancing Preparedness
  • दिगो विकास एजेण्डाको दर्शन (5 P)
    • Prosperity
    • Partnership
    • Peace
    • Planet
    • People
  • विकास व्यवस्थापनमा असमानताका थप आयामहरु
    • शिक्षा
    • प्रविधि
    • जलवायु परिवर्तन

(साविकका आय असमानता, लैंगिक असमानता, भौगोलिक असमानताका अलावा थप भएका यी असमानताको वारेमा Human Development Report, 2019 मा महत्वका साथ उठाइएको छ)

 

Tags :
प्रतिक्रिया दिनुहोस