सडक डिभिजन प्युठानका दुई इन्जिनियर २० लाख घुससहित पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सडक डिभिजन प्युठानका दुई इन्जिनियर २० लाख घुससहित पक्राउ


२४ मंसिर २०७६, मंगलबार


काठमाडौं । सडक डिभिजन कार्यालय चकचके प्युठानमा कार्यरत दुई इन्जिनियर २० लाख घुससहित पक्राउ परेका छन्।

डिभिजन कार्यालय प्रमुख (सीडीई) ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन घुस लिँदालिँदै पक्राउ परेका छन् ।

काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा घुस लिँदालिँदै करिब २० लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार रनिङ बिल भुक्तानी गरिदिने भनेर उनीहरुले २० लाख रुपैयाँ घुस लिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस