नेपाल भ्रमण वर्षको गीत रचना गर्न नेपाल सरकारको आह्वान, उत्कृष्ट गीतलाई पुरस्कार दिइने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपाल भ्रमण वर्षको गीत रचना गर्न नेपाल सरकारको आह्वान, उत्कृष्ट गीतलाई पुरस्कार दिइने


१९ मंसिर २०७६, बिहिबार


काठमाडौं । सरकारले नेपाल भ्रमर्ण वर्षको गीत रचना गर्न आह्वान गरेको छ । सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’का रुपमा मनाउन उत्कृष्ट गीत रचना गरी प्रचार गर्ने तयारी गरेको हुँदा गीत रचनाको लागि आह्वान गरेको हो ।

नेपाल भ्रमण वर्षको प्रचार प्रसारका लागि आधिकारिक गीत तयार गर्ने सरकारको योजना रहेको छ । पर्यटकीयस्थलको प्रचार गीत संगीतमार्फत गर्ने भ्रमण वर्ष २०२० को सचिवालयले जनाएको छ ।

गीतका शब्द नेपालको बहुपक्षीय सुन्दरता तथा सिंगो नेपालको कला, धर्म, रहनसहन, आतिथ्यता तथा प्राकृतिक सौन्दर्यता झल्कने हुनुपर्नेछ ।

रचना गरेको गीत १० दिनभित्र केशरमहलस्थित सचिवालयको कार्यालय पुगेर वा इमेलमार्फत पठाउन भनिएको छ । सचिवालयमा प्राप्त भएका गीत मध्ये उत्कृष्ट गीतलाई उचित पुरस्कार दिइने छ ।

सरकारले २० लाख पर्यटन भित्र्याउने लक्ष्यकासाथ सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस