निलम्बित डीएसपी ढुंगेललाई पक्राउ गर्न अदालतको अनुमति « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

निलम्बित डीएसपी ढुंगेललाई पक्राउ गर्न अदालतको अनुमति


१८ मंसिर २०७६, बुधबार


काठमाडौँ । प्रहरी नायब उपरीक्षक(डीएसपी) कुमोद ढुंगेललाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले ढुंगेललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

गत २६ चैतमा रानीबारीमा भएको डकैतीमा संलग्न अभियुक्त विकास श्रेष्ठलाई ढुंगेलले बारम्बार फोन गरेको भेटिएपछि उनी अनुसन्धानको घेरामा थिए ।

उनलाई २० वैशाखमा प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो । अनुमति दिएको तीन दिन बितिसक्दा पनि प्रहरीले ढुंगेललाई पक्राउ गरेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस