निजामती सेवालाई आकर्षणको थलो बनाईने : मन्त्री त्रिपाठी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

निजामती सेवालाई आकर्षणको थलो बनाईने : मन्त्री त्रिपाठी


१८ मंसिर २०७६, बुधबार


नवलपरासी । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले निजामती सेवालाई आकर्षणको थलो बनाईने बताएका छन् ।

पश्चिम नवलपरासीको विभिन्न स्थानमा आज आयोजित स्वागत कार्यक्रममा सम्बोधन गर्दै उनले कर्मचारीको समायोजनमा देखिएको समस्यालाई समाधान गरिने र कर्मचारीसम्बन्धी विधेयकलाई आवश्यकताअनुसार संशोधन गरिने जानकारी दिए ।

मन्त्री त्रिपाठीले प्रदेश र स्थानीय तहमा निरन्तर दुई वर्षसम्म बस्ने कर्मचारीलाई बढुवाको व्यस्थापन गरिने चर्चा गर्दै स्थानीय तहमा आर्थिक अनुशासन पारदर्शीतासहित बजेटको पूर्ण सदुपयोगका आधारमा केन्द्रबाट आवश्यकताअनुसार अनुदानको व्यवस्थापन गरिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस