बन्ध्याकरण शिविरमा ८१ हजारको अनियमितता, नर्सिङ अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बन्ध्याकरण शिविरमा ८१ हजारको अनियमितता, नर्सिङ अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा


१८ मंसिर २०७६, बुधबार


अख्तियार

काठमाडौं । बन्ध्याकरण शिविरमा अनियमितता गरेको आरोपमा नर्सिङ अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्सिङ अधिकृत (छैठौं) कल्पना पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीमाथि स्वास्थ्य कार्यालय, पाल्पाबाट सञ्चालित परिवार नियोजनको बन्ध्याकरण शिविरमा अनियमितता गरेको आरोप लागेको छ ।

पौडेलले शिविरमा आवश्यक सरसामान ढुवानी, ग्राहक लिन तथा पुर्‍याउन जाने प्रयोजनका लागि गाडी भाडामा प्रयोग गरी ८१ हजारको फर्जी भरपाई बनाई पेश गरेको बताइएको छ ।

आयोगले फर्जी भरपाई बनाई सरकारी रकम हिनामिना गरेको भन्दै उनीविरुद्द विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस