परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता


१३ मंसिर २०७६, शुक्रबार


काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वदेश फिmर्ता भएका छन् । उनी शुक्रबार बिहान करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् ।

उनले देशभित्रको विकसित परिस्थितिले गर्दा विदेश भ्रमणलाई छोट्याएर स्वदेश फिर्ता भएको जानकारी दिएका छन् ।

भ्रमण पर्सिसम्मको लागि तय गरिएको थियो । आज सर्भियाका राष्ट्रपतिलाई भेट्ने कार्यक्रम थियो ।

रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणका निम्ति गत शनिबार अपराह्न उनी रुसको राजधानी मस्को प्रस्थान गरेका थिए । ११ गतेसम्म रुसको तथा १२ र १३ गते सर्भियाको भ्रमण गर्ने तालिका थियो ।

रुस भ्रमणको क्रममा आफूले राष्ट्रपति पुटिन र प्रधानमन्त्री दिमित्री मेतभेदेवलाई नेपाल भ्रमण गर्न निम्तो दिएको जानकारी दिए।

यस्तै उनले रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभलाई पर्यटन वर्ष २०२० को अवसरमा नेपालमा आयोजना हुने सगरमाथा सम्वादमा आउन निम्तो दिइएसमेत जानकारी दिए । नेपाल भ्रमणको निम्तोबारे रुसी पक्षबाट औपचारिक जवाफ नआएको उनले बताए ।

साथै रुस भ्रमणको क्रममा आफूले उद्धारका लागि र यूएन मिसनका लागि चाहिने सामग्री सहयोगको लागि कुरा गरेको रुसी नेताहरु सकारात्मक देखिएको पनि बताएका छन् । साथै सांघाई कोअपरेसन फोरमको पूर्ण सदस्यताका लागि नेपाललाई सहयोग गर्न पनि रुसलाई आग्रह गरेको मन्त्री ज्ञवालीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस