प्रधानमन्त्री ओली मनमोहन कार्डियोमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री ओली मनमोहन कार्डियोमा


१० मंसिर २०७६, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली फलोअपका लागि अस्पताल पुगेका छन्। मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालिस्थत मनमोहन कार्डियोमा पुगेका हुन् ।

उनी तत्काल कुनै समस्या आएर नभई नियमित फलोअपमा गएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि पनि प्रधानमन्त्री ओली फलोअपका लागि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा जाने गरेका थिए ।

मिर्गौलामा समस्या देखिएपछि २ दिनअघि मात्र उनको चौथो पटक डायलासिस गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस