नेपाल भाषा साहित्य पर्व शुरु, सात कृति लोकार्पण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाल भाषा साहित्य पर्व शुरु, सात कृति लोकार्पण


६ मंसिर २०७६, शुक्रबार


काठमाडौं । तेस्रो नेपाल भाषा साहित्य पर्व नेपाल प्रज्ञा प्रतिष्ठानमा आजदेखि शुरु भयो । सन्ध्या टाइम्स पिथना प्रालिले आयोजना गरेको यो पर्व भोलिसम्म चल्नेछ ।

साहित्य पर्वको पहिलो दिन आज सातवटा कृतिको एउटै मञ्चबाट लोकार्पण भयो । नेपाल भाषा एकेडेमीका चान्सलर चित्तरञ्जन नेपाली प्रमुख अतिथि रहेको आजको कार्यक्रममा वरिष्ठ साहित्यकार मथुरा साय्मिको आत्मकथा ‘साय्मि जि मथुरा’, वरिष्ठ गजलकार भूषणप्रसाद श्रेष्ठको गजल सङ्ग्रह ‘नुगःया गुनगुन’, साहित्यकार राजेन्द्रकुमार पुताका दुई कृति ‘गजलया सिद्धान्त व नेपाल भाषाय् गजल’ र ‘सुथया लिसः’, उपन्यासकार राज साय्मिको जासुसी उपन्यास ‘तुयुगु अजः’, कवि वासुदेव अधिकारीको नेपाल भाषामा अनुदित कविता सङ्ग्रह ‘युरो स्पर्श’ र साहित्यकार उद्धव मास्केको नियात्रा ‘छगू नन्द देशय्’ लोकार्पण गरिएको हो । सातै कृतिमाथि साहित्यकार मल्ल के सुन्दरले समीक्षा गरेका थिए ।

आजै नेपाल भाषाका वरिष्ठ एवं स्थापित साहित्यकार र नयाँ पुस्ताका लेखकहरुबाट कविता, कथा र निबन्ध वाचन भयो भने रञ्जना लिपिको पुनरुत्थानबारे एक अन्तक्रिया पनि भयो । अन्तक्रियाका सहजकर्ता निर्मल बज्राचार्य थिए ।

प्रतिक्रिया दिनुहोस