महिला हिंसा र बालविवाह अन्त्यका लागि काम गर्छु : मन्त्री गुरुङ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

महिला हिंसा र बालविवाह अन्त्यका लागि काम गर्छु : मन्त्री गुरुङ


५ मंसिर २०७६, बिहिबार


काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला हिंसा, बाल विवाहजस्ता सामाजिक विकृतिका अन्त्यका लागि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिए लगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्दै उनले महिला हिंसा र बालविवाह रोक्न सामाजिक दृष्टिकोणमै परिवर्तन ल्याउने खालका कार्यक्रमलाई आफूले प्राथमिकता दिने योजना ल्याउने बताए ।

उनले पदभार सम्हालेलगत्तै बालविवाह अन्त्य हुने गरी दुई महिनाभित्र राष्ट्रिय कार्ययोजना बनाउने प्रस्ताव पनि स्वीकृत गरे । महिला र बालबालिकामाथि हुने हिंसा अन्त्य गर्न सो प्रस्तावलाई अघि बढाउने गरी कार्ययोजना तय गर्न सो प्रस्ताव स्वीकृत गरेका हुन् ।

मन्त्री गुरुङले महिला, बालबालिका, ज्येष्ठ नागरिकको उत्थानका लागि बनाइएका ऐन, नियम र कानूनको प्रभावकारी कार्यान्वयनमा लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस