कर्मचारीका सबै समस्या हटाउँछु : मन्त्री त्रिपाठी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कर्मचारीका सबै समस्या हटाउँछु : मन्त्री त्रिपाठी


५ मंसिर २०७६, बिहिबार


काठमाडौँ । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले कर्मचारीका सबै समस्या हटाउने बताएका छन् ।

उनले व्यक्तिगत र संरचनागत समस्याका कारण काम प्रभावित हुने गरेको भन्दै आफूले त्यस्ता समस्या अन्त्यका लागि प्राथमिकता दिने बताएका हुन् ।

मन्त्रालयमा कार्यभार सम्हालेपछिको पहिलो सम्बोधनका क्रममा त्रिपाठीले व्यक्तिपिच्छे कार्यशैली फरक हुने भन्दै आफ्नो कार्यशैली फरक रहेको बताए ।

अहिलेको निजामती प्रशासनमा नीतिगत र संरचनागत दुवै समस्या रहेको भन्दै त्यसलाई सच्याउनुपर्ने उनको भनाई छ ।

स्थानीय तह, प्रदेश र संघ बीचको अन्तरसम्बन्धलाई तारतम्य मिलाएर अघि बढ्नुपर्ने बताउँदै त्यसका लागि केही कानुनी संशोधनको आवश्यकता रहेको समेत उनले औंल्याए ।

मन्त्री त्रिपाठीले संघीय निजामती सेवा ऐन छिटोभन्दा छिटो जारी गर्ने र कर्मचारी समायोजनको क्रममा देखिएका समस्या समाधान गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस