लोक सेवा वस्तुगत प्रश्नोत्तर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लोक सेवा वस्तुगत प्रश्नोत्तर


४ मंसिर २०७६, बुधबार


१. आठौँ राष्ट्रिय कर दिवस (२०७६) को नारा के हो ?
♦ स्वच्छ कर प्रशासन स्विकास र सुशासन
– कर दिवसको अवसरमा आर्थिक वर्ष २०७५/०७६ मा बढी कर तिर्ने विभिन्न क्षेत्रका करदातालाई सम्मान गरिएको ।
– सिद्धार्थशमशेर राणा छैटौँपटक लगातार धेरै कर तिर्ने करदाता बनेका ।
– विसं २०७६ कात्तिकसम्म २९ लाख ६५ हजार ८८३ करदाता करको दायरामा आएका ।

२. सन् २०१९ नोभेम्बरमा बङ्गलादेशमा सम्पन्न एभीसी सेन्टर जोन महिला भलिबल च्याम्पियनसिपको पहिलो संस्करणको उपाधि कसले जित्यो ?
♦ नेपाल
– अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाल च्याम्पियन भएको यो पहिलोपटक हो ।
– प्रतियोगितामा अपराजित रहेको नेपाली टोलीले फाइनलमा माल्दिभ्सलाई ३–० को सेटमा
पराजित गरेको ।

३. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) ले विदेशमा रहेका नेपाली वैज्ञानिकको ज्ञान र सीपलाई स्वदेशमा सदुपयोग गर्ने उद्देश्यसाथ सञ्चालन गर्न थालेको कार्यक्रम कुन हो ?
♦ ब्रेन पुलिङ
– विदेशमा रहेर विभिन्न विषयमा अनुसन्धान गरिरहेका वैज्ञानिकलाई नेपालमा आएर नयाँ खोज र अनुसन्धानका लागि प्रेरित गर्न ब्रेन पुलिङ कार्यक्रम सञ्चालन गर्न थालिएको ।
– सो कार्यक्रमअन्तर्गत जलवायु परिवर्तन, ऊर्जा, वातावरण, पूर्वाधार विकास, प्राकृतिक प्रकोप, जनस्वास्थ तथा औषधिविज्ञान, जैविक विविधता, संरक्षण एवम् सूचना प्रविधिको क्षेत्रमा अनुसन्धान हुने नास्टले जनाएको ।
– नास्टले यसअघि ‘फर्क है फर्क वैज्ञानिक, तिमीलाई डाक्छ नेपाल’ कार्यक्रम सञ्चालन गरेको ।

४. नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका मुख्य सहरी क्षेत्रमा बिजुलीका तार भूमिगत गर्ने कार्य कहिलेदेखि सुरु गर्ने निर्णय गरेको छ ?
♦ विसं २०७६ पुस (सन् २०२० जनवरी)
(प्राधिकरणले बिजुलीका तार भूमिगत गरेसँगै हाल प्राधिकरणको पोलबाटै प्रसारण भइरहेका इन्टरनेट, केबुल टेलिभिजन, टेलिफोनलगायत सेवाप्रदायकका केबुल (तार) समेत भूमिगत गर्न मिल्नेगरी सुरुङभित्र पाइप जडान गर्ने सकिने जनाएको ।)

५. गुरुङ समुदायको कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसाथ गुरुङ सङ्ग्रहालयको निर्माण कहाँ गरिएको छ ?
♦ रसुवा (विसं २०७६ कात्तिक)

६. श्रीलङ्कामा सन् २०१९ नोभेम्बरमा सम्पन्न निर्वाचनमा राष्ट्रपति पदमा विजयी हुन सफल उम्मेदवार को हुन् ?
♦  गोटाबाया राजापाक्षे
– पूर्वरक्षामन्त्री एवम् श्रीलङ्काली सेनाका पूर्व ‘लेफ्टिनेन्ट कर्णेल’ समेत रहेका राजापाक्षेले झन्डै ५३ प्रतिशत मत प्राप्त गरेका ।
– रक्षामन्त्री रहेका बेला तामिल टाइगर्सको द्वन्द्व अन्त्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका राजापाक्षेले सत्तारूढ दलका तर्फबाट उम्मेदवार बनेका सजिथ प्रेमादासलाई पराजित गरेका ।

७. सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गरी रेकर्ड कायम गर्ने नेपाली क्रिकेटर को हुन् ?
♦ रोहित पौडेल
(रोहितले सचिनको नाममा रहेको अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम उमेरमा अर्धशतक प्रहार गर्ने कीर्तिमान आफ्नो नाममा बनाएका । तेन्दुलकरले पाकिस्तानविरुद्धको टेस्ट खेलमा १६ वर्ष २१३ दिनको उमेरमा अर्धशतक प्रहार गरेका । यो कीर्तिमान रोहितले २०७५ माघ १२ मा १६ वर्ष १४६ दिनको उमेरमा संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय खेलका क्रममा तोडेका ।

८. पहिलो मिस नेपाल को हुन् ?
♦ रुवी राणा

९. अत्यधिक वायु प्रदूषणका कारण हालै दिल्लीमा सङ्कटकाल कहिले घोषणा गरियो ?
♦ सन् २०१९ नोभेम्बर २

१०. नेपालमा हालै डल्फिन महोत्सव कहिले आयोजना गरियो ?
♦ विसं २०७६ भदौ २८–३० (कैलाली)
(नारा : डल्फिनको संरक्षण, सम्बद्र्धन र पहिचान : पर्यटन विकासको अभियान ।)

११. फाइनान्सियल एक्सन टाक्स फोर्सको पूर्ण सदस्यता प्राप्त गर्ने पहिलो अरब मुलुक कुन हो ?
♦ साउदी अरब

१२. फिल्म साउथ एसिया २०१९ मा उत्कृष्ट वृत्तचित्र कुन घोषित भयो ?
♦ बङ्गलादेशको ब्याम्बो स्टोरिज
– ब्याम्बो स्टोरिज उत्कृष्ट घोषित हुँदै ‘रामबहादुर ट्रफी’ हात पार्न सफल भएको ।
– महोत्सवमा भारतका अमित महन्तीको वृत्तचित्र ‘स्क्र्याचेज अन स्टोन’ ‘फस्र्ट रनरअप’ बनेको ।
– अफगानिस्तानका फिल्ममेकर अवुजार अमिनीको ‘काबुल सिटी इन द विन्ड’ ले एक हजार डलर राशिको ‘युनिसेफ नेपाल चिल्ड्रेन डकुमेन्ट्री अवार्ड’ जितेको ।

१३. ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना औपचारिक रूपमा उद्घाटन कहिले भएको हो ?
♦ विसं २०७६ मङ्सिर २
– नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेस्थित विद्युत्गृहको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सिंहदरबारस्थित कार्यकक्षबाट स्वीच थिचेर उद्घाटन गरिएको ।
– २०६५ मा ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत् राष्ट्रिय प्रसारणमा जोडिएपछिको यो नै ठूलो आयोजना रहेको ।
– २०७६ जेठ २ मा आयोजनाको पहिलो युनिट र साउन १८ बाट दोस्रो युनिट सञ्चालनमा ल्याइएको थियो ।

१४. १३औँ सागको प्रत्यक्ष प्रसारण गर्ने अधिकार कसले प्राप्त गरेको छ ?
♦ भारतीय टेलिभिजन कम्पनी एनके मिडिया भेन्चर प्रालि
– १२औँ सागसम्म टेलिभिजन प्रसारण अधिकार कसैलाई पनि दिने नगरिएको ।
– सागको प्रसारण अधिकार बिक्री गर्ने पहिलो राष्ट्र नेपाल बन्न पुगेको । नेपालको यो सुरुवातपछि साग खेलकुदले प्रसारण अधिकार बिक्री गरेर पनि आम्दानी गर्न सक्ने भएको ।

१५. सबैका लागि समावेशी र समतामूलक शिक्षा उपलब्ध गराउन तर्जुमा गरिएको कार्यढाँचा ९एसडीजी–४० अनुसार सन् २०३० सम्म आधारभूत तह १–५ मा खुद भर्ना दर कति प्रतिशत पुर्‍याउने लक्ष्य रहेको छ ?
♦ सतप्रतिशत
– चौथो विकास लक्ष्यसम्बन्धी इन्च्योन घोषणापत्र, युनेस्कोले तय गरेको कार्यढाँचा र राष्ट्रिय योजना आयोगले तयार पारेको मानचित्रमा आधारित भई राष्ट्रिय प्रारूप तयार गरिएको ।
– यो वर्ष (२०७६ मा) आधारभूत तहमा भर्नादर ९८.५ प्रतिशत रहेको । अबको तीन वर्षमा ९९ प्रतिशत, विसं २०८२ मा ९९.५ र २०८७ मा शतप्रतिशत पु¥याउने लक्ष्य लिइएको ।

१६. सात गीतिएल्बम एकसाथ सार्वजनिक गरी रेकर्ड कायम गर्ने स्रष्टा को हुन् ?
♦ डा. डीआर उपाध्याय
(विसं २०७५ मङ्सिरमा सात गीतिएल्बम सार्वजनिक गरेर विश्व रेकर्ड राख्ने उपाध्यायले विसं २०७६ कात्तिक २५ मा पुनः सात एल्बम एकसाथ सार्वजनिक गरेका ।)

१७. पछिल्लो सर्वेक्षणअनुसार नेपालमा वयस्क पाटेबाघको सङ्ख्या कति पुगेको छ ?
♦ २३५ (विसं २०७६)
(पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा वयस्क बाघ अभिलेख भएका । यसअघि सन् २०१३ को गणनामा १९८ र सन् २०१० मा १२१ बाघ फेलापरेका ।)

१८. दक्षिण अमेरिकी राष्ट्र बोलिभियाको राष्ट्रपति एभो मोरालेसले पदबाट राजीनामा कहिले दिए ?
♦ सन् २०१९ नोभेम्बर १०
– विगत तीन सातादेखि हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि मोरालेसले राजीनामा दिएका ।
– मोरालेसले बोलिभियाको राष्ट्रपतिका रूपमा करिब १४ वर्ष शासन सञ्चालन गरेका ।

१९. विश्वमा सबैभन्दा धेरै रोबोट उत्पादन गर्ने राष्ट्र कुन हो ?
♦ जापान

२०. नेपालमा मात्र पाइने फल कुन हो ?
♦ लप्सी

२१. विसं २०७५ मङ्सिर ११ देखि लागू भएको सामाजिक सुरक्षा कार्यक्रमको नारा के हो ?
♦ मर्यादित जीवन र सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा

२२. विश्व कला परिषद्ले ललितपुर महानगरपालिकालाई कतिऔँ कला नगरीका रूपमा घोषणा गरेको छ ?
♦ ३५औँ
– परिषद्का एसिया प्रशान्त क्षेत्रका अध्यक्ष डा. घादा हिज्जावी कदामीले २०७६ कात्तिक २७ मा महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई ‘कला नगरी’ को प्रमाणपत्र प्रदान गरेका ।
– यसअघि विश्वका ३४ मुलुक कला नगरी घोषणा भएका । नेपालमा भने ललितपुर महानगरपालिका नै पहिलो नगर भएको ।

२३. विश्व मधुमेह दिवस कहिले मनाइन्छ ?
♦ नोभेम्बर १४

२४. वनमा मन्त्रिपरिषद्को बैठक कुन प्रदेशले आयोजना गर्‍यो ?
♦ प्रदेश २

२५. ‘माड्साब’ उपनामले चिनिने नेपाली साहित्यकार को हुन् ?
♦ मदनमणि दीक्षित

२६. इन्डोनेसियाको मुद्रालाई रुपियाँ भनिन्छ भने मलेसियाको मुद्रालाई के भनिन्छ ?
♦ रिङ्गिट

२७. वाणिज्यदूतहरूको क्षेत्रीय सम्मेलन राजधानी काठमाडौँमा कहिले सम्पन्न भएको हो ?
♦ विसं २०७६ कात्तिक २६–२९
(नारा : साझा समृद्धिका लागि ऐक्यबद्धता ।)

२८. नेपालको निशाना छापमा कतिवटा लालीगुरासँका फूल रहेका छन् ?
♦ १४

२९. लिच्छविकालमा राजकीय भाषा कुन थियो ?
♦ संस्कृत

३०. संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको २०७६ कात्तिक २८ को बैठकले निजामती कर्मचारीको सेवा अवधि कति बनाउने निर्णय गरेको छ ?
♦ ६० वर्ष
समिति बैठकले हरेक ६/६ महिनामा थप गरेर ६० वर्ष पुर्‍याउने निर्णय गरेको । यो व्यवस्था २०२१ सम्म पूर्ण रूपमा लागू हुने ।

–  गोरखापत्र 


लोक सेवा सम्बन्धी थप सामाग्री हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस् ।

https://www.prasashan.com/category/loksewa/


Tags :
प्रतिक्रिया दिनुहोस