पूजा बोहोरा बलात्कार गर्ने दोषिलाई साढे ११ वर्षको जेल सजाय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पूजा बोहोरा बलात्कार गर्ने दोषिलाई साढे ११ वर्षको जेल सजाय


२ मंसिर २०७६, सोमबार


High Court_Sarbocha adalat

काठमाडौं ।  सार्वोच्च अदालतले बैतडीकी एक स्कुले युवती पूजा बोहारालाई बलात्कार गर्ने सागर भट्ट र अमरराज अवस्थीलाई साढे ११ वर्षको जेल सजायँ सुनाएको छ ।

तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको यस अघि उनीहरूलाई सफाइ दिने फैसलालाई उल्टाउँदै न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासलले पीडकलाई साढे ११ वर्षको जेल सजायँ तथा पीडितलाई दश लाख रुपियाँ क्षतिपूर्ति दिन आदेश गरेको हो ।

सर्वोच्च अदालतका सहायक प्रवत्ता देवेन्द्र ढकालका अनुसार बलात्कार कसुरमा साढे ६ वर्ष र सामुहिक बलात्कारको कसुरमा ५ वर्ष गरी कुल साढे ११ वर्ष कैद सजाय सुनाएको हो ।

साथै अदालतले पीडक दुबै जनाबाट जनही साढे २ लाख गरी ५ लाख र सरकारका तर्फबाट पाँच लाख गरी पीडितलाई १० लाख रुपियाँ क्षतिपूर्ति दिनु पर्ने फैसला सुनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस