अमेरिकाको क्यालिफोर्नियामा गोली लागेर चारको मृत्यु - प्रशासन प्रशासन

अमेरिकाको क्यालिफोर्नियामा गोली लागेर चारको मृत्यु


प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार १७:१६

लस एन्जलस । अमेरिकाको क्यालिफोर्नियामा भएको गोलीकाण्डमा परी कम्तीमा ४ जनाको मृत्यु भएको छ ।

लस एन्जलसदेखि ३५० किलोमिटर टाढा पर्ने फ्रेन्सोमा भएको सो घटनामा गोली लागेर अरु ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

पारिवारिक सदस्यहरु जम्मा भएको ठाउँमा एक व्यक्तिले आइतबार गोली प्रहार गरेको स्थानीय प्रहरी अधिकारीहरुले बताएका छन् ।

स्थानीय समय अनुसार आइतबार बेलुका ६ बजेतिर घटना भएको जनाइएको छ । घटना भएको बेला घटनास्थलमा ३५ जना रहेका थिए ।

उनीहरु फुटबल हेर्नका लागि सो ठाउँमा भेला भएको फ्रेन्सो प्रहरी विभागका उपप्रमुख मिचेल रिडले जानकारी दिए ।

प्रारम्भिक विवरण अनुसार अपरिचित व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । ती व्यक्तिको अहिलेसम्म पनि पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । रासस(सिन्ह्वा

Tags: , ,

प्रतिक्रिया दिनुहोस