नर्सिङ नाम दर्ता परीक्षाको नतिजा सार्वजानिक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नर्सिङ नाम दर्ता परीक्षाको नतिजा सार्वजानिक


१ मंसिर २०७६, आइतबार


काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले नाम दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स इक्जामिनेशन)को नतिजा सार्वजनिक गरेको छ ।

शनिबार लिएको २३औँ परीक्षाको आज सार्वजनिक गरिएको नतिजाअनुसार परीक्षामा ५२ दशमलब १२ प्रतिशत मात्र परीक्षार्थी यसपटकको परीक्षामा उत्तीर्ण भएका काउन्सिलले जनाएको छ । काउन्सिलका रजिष्टार विन्दा घिमिरेका अनुसार परीक्षामा १ हजार ६०८ परीक्षार्थी सहभागी भएकामा ८७१ मात्र उत्तीर्ण भएका थिए ।

गत असारमा लिइएको २२औँ परीक्षामा ६५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । काउन्सिलले वर्षको तीनपटक नाम दर्ता परीक्षार्थी सञ्चालन गर्ने गर्दछ । अनुत्तीर्ण परीक्षार्थीले पुनःप्रयोगका लागि ३५ दिनभित्र निवेदन दिन सकिने र आगामी परीक्षा चैत महिनामा सञ्चालन हुने काउन्सिलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस