३६ लाख रकमसहित भारतीय नागरिक पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

३६ लाख रकमसहित भारतीय नागरिक पक्राउ


१ मंसिर २०७६, आइतबार


pakrau

काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न भएको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बेतिया जिल्ला, जोगपट्टी थाना निवासी ५७ वर्षीय सत्यनारायण प्रसाद छन् । उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आइतबार बिहान कुलेश्वरबाट पक्राउ गरेको हो ।

कालिमाटीका प्रहरी प्रमुख डीएसपी रुगम कुँवरले अवैध रुपमा भारतीय नोटका साथै हुण्डी कारोबार गर्ने गरेको सूचना प्राप्त भएपश्चात खटिएको टोलीले प्रसादलाई पक्राउ गरेको बताए ।

कुँवरका अनुसार उनको साथबाट नेपाली नगद ३६ लाख रुपैयाँ, विभिन्न बैंकका ३६ लाख ५ हजार बराबरको ६ वटा चेक, खाली चेकबुक ६ वटा र मोबाइल पनि बरामद भएको छ ।

उनलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाउने तयारी भइरहेको बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस