जेलरविरुद्ध अकुत सम्पत्तिको भ्रष्टाचार मुद्दा, सवा करोडको स्रोत खुलेन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जेलरविरुद्ध अकुत सम्पत्तिको भ्रष्टाचार मुद्दा, सवा करोडको स्रोत खुलेन


१ मंसिर २०७६, आइतबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारागार कार्यालय भिमफेदी, मकवानपुरका जेलर चिररञ्जीवी थापाविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अरोपमा मुद्दा दायर गरिएको छ।

३० वर्षको जागिरे जीवनमा जेलर थापाले अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ। सार्वजनिक सेवाको पदमा रही गैरकानुनी सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरेकोले छानबिन तथा अनुसन्धान गरी कारवाही हुन भन्ने उजुरी सम्बन्धमा परेको उजुरी पछि अनुसन्धान अख्तियारले अनुसन्धान गरेको थियो।

आयोगले एक करोड १३ लाख ६० हजार चार सय दस रुपैयाँ पन्चानब्बे पैसा बराबरको स्रोत नखुलेको सम्पत्ति रहेकोले उक्त रकम जफत सहित कारवाहीका लागि मुद्धा दायर गरेको हो ।

जेलर थापा र उनकी श्रीमती गोमा कट्टेल थापाविरुद्ध भ्रष्टचार निवारण ऐन बमोजिम कैद तथा जरिवारनासहित विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस