सचिन तेन्दुलकरले प्रधानमन्त्री ओलीसँग गरे भेट « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सचिन तेन्दुलकरले प्रधानमन्त्री ओलीसँग गरे भेट


१ मंसिर २०७६, आइतबार


काठमाडौं । नेपाल भ्रमणमा रहेका चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुल्करले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छन्।

आइतबार बिहान पशुपतिको दर्शन गरेका सचिन दिउँसो प्रधानमन्त्रीलाई भेट्न सरकारी निवास बालुवाटार पुगेका थिए ।

संयुक्त राष्ट्र संघबाट बालअधिकार सम्बन्धि महासन्धि पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा यूनिसेफ नेपालको कार्यक्रममा सहभागी हुन आएका सचिन प्रधानमन्त्रीलाई भेट गर्न पुगेका हुन्।

महान भारतीय क्रिकेटर सचिन यूनिसेफको दक्षिण एसिया क्षेत्रका सद्भावना राजदूत पनि हुन्।

युनिसेफको ब्रान्ड एम्बेसडरका रुपमा तेन्दुलकर अस्ति (शुक्रबार) नेपाल आएका हुन् । उनले शनिबाबार त्रिवि क्रिकेट मैदानमा बालबालिकाहरुसँग क्रिकेट पनि खेलेका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा तेन्दुलकरले बालबालिकाहरुको कल्याण र अधिकार प्रवर्द्धनमा नेपाल सरकारले गरेको प्रयासको सह्राहना गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस