कर दिवसमा उदयपुरका दश व्यवसायी सम्मानित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कर दिवसमा उदयपुरका दश व्यवसायी सम्मानित


१ मंसिर २०७६, आइतबार


उदयपुर । कर दिवसमा उदयपुरका दश जना व्यवसायी सम्मानित भएका छन् । आठौं राष्ट्रिय कर दिवसको अवसरमा आर्थिक वर्ष २०७५ ०७६ मा सबैभन्दा बढी कर तिर्ने खश जना व्यवसायी सम्मानित भएका हुन् ।

सबैभन्दा बढी आयकर तिर्ने हिमगिरी सप्लार्यस एण्ड ट्रेडस कटारीलाई सर्वोत्कृष्ट घोषणा गरी सम्मान गरिएको छ । हिमगिरीले सबैभन्दा बढी २३ लाख ५० हजार सात सय ५७ रुपैयाँ ९४ पैंसा आयकर बुझाएको करदाता सेवा कार्यालय गाईघाटले जनाएको छ । अघिल्लो वर्ष पनि हिमगिरी जिल्लाकै सर्वोत्कृष्ट कर तिर्ने व्यवसायिकोरुपमा सम्मानित भएको थियो।

त्यस्तै, उत्कृष्ट कर तिर्नेमा आशिष÷आर्षिवाद जेवी, हिमशिखर सप्लार्यस एण्ड ट्रेडस, कालिका सप्लार्यस एण्ड ट्रेडस, आशिष÷स्वामिनारायण÷आर्षिवाद जेवी, रौता÷सन्तोषी एपेक्स जेवी, एसके ट्रेडस, वरुवा निर्माण सेवा, रौता÷सन्तोषी जेवी र सगरमाथा आयल डिपो रहेका छन्।

प्रतिक्रिया दिनुहोस