विवाह पञ्चमीमा भारतीय गृहमन्त्री र मूख्यमन्त्रीलाई निम्तो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विवाह पञ्चमीमा भारतीय गृहमन्त्री र मूख्यमन्त्रीलाई निम्तो


१ मंसिर २०७६, आइतबार


काठमाडौं । विवाहपञ्चमीको अवसरमा भारतीय गृहमन्त्री अमित शाह र उत्तरप्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथलाई निमन्त्रणा पठाइएको छ । जानकी मन्दीरका उत्तराधिकारी महन्त राम रोशन दास वेष्णवले यसबार संघीय सरकारको पर्यटन मन्ज्ञालयलाई जानकारी गराइसकेको बताएका छन् ।

मन्दीरका उत्तराधिकारी दासले नेपाल सरकारले ध्यान दिए भारतीय गृहमन्त्री र उ्रत्तरप्रदेशका मूख्यमन्त्री नेपाल आउनेबारे बताएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली लाई पनि विवाहमञ्चमीमा जनकपुर आउन निमन्त्रणा दिइसकेको बताएका छन् ।

यस वर्ष विवाह पञ्चमी १५ मंसिरमा परेको छ । विशिष्ट व्यक्तिहरुलाई १३ गते नै जनकपुर आउन निमन्त्रणा पठाइसकिएको बताइएको छ ।

यस पटकको विवाह पञ्चमी महोत्सव सप्ताहव्यापीरुपमा मनाइने भएको छ । महोत्सवको पहिलो दिन मंसिर १० गते मंंगलबार जनकपुरधाम नगर दर्शन, ११ गते बुधबार फूलबारी लीला, १२ गते बिहीबार धनुषयज्ञ (रंगभूमि), १३ गते शुक्रबार जानकी मन्दिर प्राङ्गणमा तिलकोत्सव, १४ गते शनिबार गंगासागर पोखरीघाटमा मटकोर, १५ गते आइतबार स्वयम्वर तथा शुभ विवाह र अन्तिम दिन १६ गते अयोध्याबाट आएका जन्तीलाई बिदाई गरिने कार्यक्रम तय गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस