प्रधानमन्त्री थप उपचारका लागि आज पुनः ग्राण्डी जाँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री थप उपचारका लागि आज पुनः ग्राण्डी जाँदै


३० कार्तिक २०७६, शनिबार


प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओली थप उपचारका लागि आज पुनः ग्रण्डी अस्पताल जाने भएका छन् । उनले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा आफू फलोअपका लागि शनिबार ग्रण्डी अस्पताल जाने बताएका हुन् ।

मृगौलामा राखिएको स्टेन्ट निकाल्न उनी पुनः ग्राण्डी जानलागेको बताएका छन् ।

मृगौलाबाट पिसाब बाहिर निस्किने बाटो साँघुरो हुँदा स्टेन्ट राखिने गरिन्छ । स्टेन्टले पिसाब नलिलाई खुला राख्न मदत गर्दछ ।

उनको गत कात्तिक १२ १३ मा मृगौला डायलासिस गर्दा स्टेन्ट राखिएको थियो । आज शनिबार स्टेन्ट निकालिनुका साथै नियमित स्वास्थ्य पनि परीक्षण गरिने छ ।

प्रधानमन्त्री ओलीको १२ वर्ष अघि भारतको उपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको थियो ।

गत साउन र भदौमा उनी उपचारका लागि सिंगापर गएका थिए । त्यहाँ उनको प्लाज्मा फेरेसिस पद्धतिबाट शरीरमा रहेको एन्टिबडी नष्ट गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस