देशको भूमि जोगाउन सरकार कटिबद्ध हुनुपर्छ : वरिष्ठ नेता पौडेल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

देशको भूमि जोगाउन सरकार कटिबद्ध हुनुपर्छ : वरिष्ठ नेता पौडेल


२९ कार्तिक २०७६, शुक्रबार


इलाम । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको भूमि जोगाउन सरकार कटिबद्ध हुनुपर्ने बताएका छन् । आज इलाम सदरमुकाममा आयोजित आमसभामा वरिष्ठ नेता पौडेलले भूमि जोगाउन सरकारले पहल गरेमा सक्दो सहयोग गर्न आफूहरू तयार रहेको बताए ।

भारतले केही समय अघि मात्रै सार्वजनिक गरेको ‘राजनीतिक नक्सा’का बारेमा बोल्दै पौडेलले वर्तमान सरकारले आफ्नो भूभाग जोगाउन चाँडो पहल शुरु गर्नुपर्ने उल्लेख गरे ।

‘हामीले अन्तर दलीय छलफलमा पनि भनेका छौँ, सरकारले प्रत्यक्ष रूपमा छलफल गर्नुपर्छ भनेर’, उनले थपे, ‘देशको सबै सीमा क्षेत्रमा सीमा समस्या छ । त्यसका बारेमा पनि सरकारले आधिकारिक धारणा राख्नुपर्छ ।’ उनले सांस्कृतिक, पहिचानको धनी भएकाले सीमा समस्या हटाउन नेपाली सबै एक जुट भएर लाग्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस