अभिनेत्री पोखरेललाई साधारण तारिखमा बस्ने आदेश « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अभिनेत्री पोखरेललाई साधारण तारिखमा बस्ने आदेश


२९ कार्तिक २०७६, शुक्रबार


काठमाडौं । जिल्ला अदालत काठमाडौँले अभिनेत्री शिल्पा पोखरेललाई बहुविवाह मुद्दामा साधारण तारेखमा बस्न आदेश दिएको छ । न्यायाधीश मुकेश उपाध्यायको इजलाशले पोखरेललाई साधारण तारेखमा बस्न आदेश गरेको हो ।

निर्माता छवि ओझासँगको बहुविवाह मुद्दामा पोखरेल आज अदालतमा हाजिर भएपछि सो आदेश भएको हो । निर्माता ओझाको प्रथम पत्नी हेमाकुमारी ओझाले बहुविवाहको मुद्दा दायर गरेकी थिइन् । जिल्ला अदालतले पोखरेललाई यसअघि पक्राय पुर्जी जारी गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस