कांग्रेसलाई चुनाव जित्नुपर्छ : नेता डा.रिजाल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कांग्रेसलाई चुनाव जित्नुपर्छ : नेता डा.रिजाल


२९ कार्तिक २०७६, शुक्रबार


पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले जनताको विश्वासलाई कायम राख्न कांग्रेसले उपनिर्वाचन जित्नुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘यो चुनाव जितेर सरकार परिवर्तन हुँदैन, कांग्रेस सत्तामा पनि पुग्दैन तर कांग्रेसप्रति जनताको विश्वास कायमै छ भन्ने सन्देश दिन पनि यो चुनाव जित्नु अपरिहार्य छ ।’

संविधानको रक्षा गर्दै सरकारका अलोकतान्त्रिक गतिविधि रोक्न पनि यो चुनाव कांग्रेसले जित्न आवश्यक रहेको उल्लेख गर्दै उनले कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

कास्की कांग्रेसले घरदैलो तथा मतदाता भेटघाट अभियान तीव्र बनाएको छ । पोखराका ११ वटै वडाभित्रका सबै टोलमा कांग्रेसका नेता कार्यकर्ता पुग्ने र मतदाता भेटघाट गर्ने कार्यक्रम तीव्ररुपमा भइरहेको कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी गराए ।

Tags :
प्रतिक्रिया दिनुहोस