प्रदेश ३ लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव श्रेष्ठ सिफारिस « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रदेश ३ लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव श्रेष्ठ सिफारिस


२९ कार्तिक २०७६, शुक्रबार


हेटौडा । प्रदेश ३ को लोक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव शुरेसमान श्रेष्ठलाई नियुक्त गर्नका लागि सिफारिस गर्ने निर्णय भएको छ।

श्रेष्ठलाई प्रदेश लोक सेवा आयोग सिफारिस समितिले आयोगको अध्यक्षमा सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ। सिफारिस समितिमा मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्ष दलका नेता रहने व्यवस्था छ । आयोगको अध्यक्षमा सिफारिस भएका श्रेष्ठलाई प्रदेश प्रमुखले नियुक्त गर्ने प्रावधान रहेको छ ।

नेपाल सरकारको निजामती सेवामा तीन दशक बढी काम गरिसकेका श्रेष्ठलाई अध्यक्षमा सिफारिस गरिएपनि महिला सहित दुईजना सदस्य भने सिफारिस गर्न बाँकी छ।

लमजुङको दुरा डाँडामा २०१५ साल चैत ४ गते जन्मेका श्रेष्ठले २०६८ सालदेखि २०७३ साल सम्म सचिव भई काम गरेका थिए।

सचिव रहँदा सुर्खेत(क्षेत्रीय प्रशासक), राष्ट्रिय सूचना आयोग(सचिव), राष्ट्रिय सर्तकता केन्द्र, शिक्षा मन्त्रालय, श्रम मन्त्रालय, सहकारी मन्त्रालय, पर्यटन मन्त्रालय, राष्ट्रिय योजना आयोगमा समेत काम गरेको अनुभव रहेको छ। राष्ट्रिय योजना आयोगमै रहँदा उनले २०७३ सालमा निजामती सेवाबाट अवकाश लिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस