इन्डोनेसियामा ७.१ रेक्टरको भूकम्प - प्रशासन प्रशासन
prasaLogo
२९ कार्तिक २०७६, शुक्रबार

इन्डोनेसियामा ७.१ रेक्टरको भूकम्प


प्रकाशित मिति : 15 November, 2019 9:44 am

काठमाडौं । इन्डोनेसियाको शुक्रबार बिहान शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान मालुकु ७ दशमलव १ म्याग्निच्युटको भूकम्प गएको अमेरिकन भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु मोलुसा सागरमा ७३ किलोमिटर गहिराइमा थियो । मानवीय र भौतिक क्षतिको विवरण भने आइसकेको छैन ।

यो भूकम्पका कारण सुनामी आउने चेतावनी दिइएको छ । इन्डोनेसियाको मौसम विज्ञान विभागले सुनामी आउने चेतावनी जारी गर्दै मानिसहरुलाई समुद्र तटभन्दा टाढै रहन आग्रह गरेको छ ।

स्थानीय टेलिभिजन च्यानलका अनुसार भूकम्पको धक्काका कारण उत्तरी सुलावेसी र उत्तरी मालुकु प्रान्तमा त्रास पैदा भएको छ । सरकारले पनि विशेष गरी उत्तरी सुलावेसी प्रान्त र उत्तरी मालुकी प्रान्तका बासिन्दालाई नै सतर्क रहन भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस