सीमा अतिक्रमणलाई रोक्न कूटनीतिक तवरबाट समाधान खोजिनुपर्छ : सभापति देउवा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सीमा अतिक्रमणलाई रोक्न कूटनीतिक तवरबाट समाधान खोजिनुपर्छ : सभापति देउवा


२८ कार्तिक २०७६, बिहिबार


कैलाली । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतबाट भएको सीमा अतिक्रमणका विषयमा सरकारले कूटनीतिक तवरबाट समाधानको उपाय खोजिनुपर्नेमा जोड दिएका छन् ।

आज धनगढी विमानस्थलमा नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले कालापानी, लिपुलेकसहित अतिक्रमित भूमि फिर्ताका सवालमा जताततै नारा जुलुस, विरोध गरेर मात्र समस्याको समाधान नहुने बताए ।

सभापति देउवाले मङ्सिरमा हुन गइरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई विजय गराउन पार्टीका कार्यकर्ता तथा नेताहरु सबैलाई एकजुट भएर लाग्न अनुरोध गरे । कांग्रेसको भ्रातृ संस्था तथा शुभेच्छुक संघसंस्थाहरुको निर्वाचनका बारेमा सञ्चारकर्मीले सोधेको प्रश्श्नको जवाफमा पूर्वप्रधानमन्त्री देउवाले संघसंस्थाहरुको निर्वाचन उपनिर्वाचनपछि चाँडै हुन गइरहेको जानकारी दिए ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस