सरुवा गर्न खोज्दा कर्मचारीले मलाई थुक्छु भने : मन्त्री पण्डित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सरुवा गर्न खोज्दा कर्मचारीले मलाई थुक्छु भने : मन्त्री पण्डित


२८ कार्तिक २०७६, बिहिबार


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले समायोजनका बेला आफूविरुद्ध कतिपय कर्मचारी व्यक्तिगत गालीगलौचमै उत्रिएको बताएका छन् ।

बिहीबार निजामती कर्मचारी विधेयकमाथिको छलफलमा राज्य व्यवस्था समिति बैठकमा उपस्थित भएका उनले कर्मचारीले आफूलाई थुक्छुसम्म भनेको सम्झिए ।

बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवा विधेयक’माथिको छलफलमा बोल्दै मन्त्री पण्डितले सरुवा गर्न खोज्दा आफुलाई एक सहसचिवबाट थुक्ने धम्की आएको बताए ।‘सबैभन्दा खराब मन्त्री भनेर ‘तलाई थुक्छु’समेत भनेँ’ मन्त्री पण्डितले गुनासो गरे ।

मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै कर्मचारी ऐन पनि परिवर्तन गरेर अघि बढ्नुपर्ने बताउँदै उनले एउटा कर्मचारी वर्षमा दुई सय १० दिनसम्म विदेश भ्रमणमा गएको पाएको जिकिर गर्दै यस्तो कर्मचारी प्रशासनमा काम नलाग्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस