डा. केसीले गरे अनशन स्थगित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

डा. केसीले गरे अनशन स्थगित


२६ कार्तिक २०७६, मंगलबार


काठमाडौं । प्रा. डा.गोविन्द केसीले आमरण अनसन स्थगित गरेका छन् । देशमा सीमा विवादको मुद्दा चलेकाले आफूले अनशन स्थगित गर्ने निर्णय गरेको उनले बताएका छन् ।

डा. केसीले सातबुँदे माग राख्दै कात्तिक १७ गते डडेल्धुरामा १७ औं अनशन सुरु गरेका थिए । अनसनका क्रममा स्वास्थ्यमा समस्या देखिएपछि जिल्ला अस्पताल भर्ना गरिएको छ । तर आईसीयू लगायतका सुविधा नरहेको भन्दै डेडल्धुरा अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान रिफर गरेको थियो ।

उनलाई लिन सोमबार नै नेपाली सेनाको हेलिकप्टर डेडल्धुरा पुगेको थियो भने शिक्षामन्त्री गिरिरराजमणी पोखरेलले देश कालापानी क्षेत्रको सीमा विवादमा होमिएको बेला अनशन बस्न उपयुक्त नभएको भन्दै स्थगित गर्न आग्रह गरेका थिए ।

मंगलबार भने अनसन स्थगित गरेको घोषणा गरेका छन् । ‘राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं’ उनले भनेका छन् ।

‘राष्ट्रियताको संवदेनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवदेनालाई हृदयंगम गर्दै अनशन स्थगित गरेको केसीको विज्ञप्तिमा उल्लेख छ।

Tags :
प्रतिक्रिया दिनुहोस