भारत्तोलनमा विश्व च्याम्पियन रूपन्देहीका रुप « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भारत्तोलनमा विश्व च्याम्पियन रूपन्देहीका रुप


२५ कार्तिक २०७६, सोमबार


बुटवल । रूपन्देहीका रूप कार्कीभारत्तोलनमा विश्व च्यारिम्पयन बनेबा छन् । कार्कीले इन्टरनेसनल वर्ल्ड पावर लिफ्टिङ (भारत्तोलन) प्रतियोगितामा स्वर्ण पदक जितेका हुन् ।

आयरल्याण्डको लाइमरिकमा चार दिनसम्म सञ्चालित प्रतियोगितामा कार्कीले २ सय २० पौण्ड तौल समूहबाट स्वर्ण पदक जितेका छन् ।  प्रतियोगितामा विश्वभरका दुई सय बढी देशबाट ७ सय बढी सहभागी थिए । कार्कीले आफनो तौल समूहका प्रतिस्पर्धीलाई पछि पार्दै विश्व च्याम्यिपयन बनेका हुन् ।

उनले यसअघि सन् २०१७ मा अमेरिकाको एट्लान्टामा भएको फस्र्ट मास्टर इन्टरनेसनल पावरलिफ्टिङ प्रतियोगितामा पनि विश्व च्याम्पियन बन्दै स्वर्ण पदक जितेका थिए । कार्कीले नेपालको खेल इतिहासमा यो खेलमा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली खेलाडी भएको दाबी गरेका छन् । अमेरिकामा बस्दै आएका उनी त्यहाँको राष्ट्रिय स्तरको प्रतियोगितामा झण्डै दर्जनौं खेलमा स्वर्ण पदक जित्दै च्याम्पियन बनेको बताएका छन् ।

कार्कीले सन् २००९ देखि भारत्तोलनको अभ्यास सुरु गरेका गरेका थिए । उनी सन् २०१२ देखि पूर्ण रूपमा भारत्तोलन खेलमा सक्रिय हुँदै आएका छन् । उनले अबको केही वर्षपछि नेपाल फर्केर भारत्तोलन खेलमा बाँकी जीवन बिताउनेसमेत बताएका छन्।

कार्की बाग्लुङको गल्कोटमा जन्मेका थिए । पछि उनी रुपन्देहीको तिलोत्तमा बसाइँ सरका हुन् ।

प्रतिक्रिया दिनुहोस