प्रादेशिक अस्पतालले ‘बर्थिङ सेन्टर’ सञ्चालनमा ल्याउने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रादेशिक अस्पतालले ‘बर्थिङ सेन्टर’ सञ्चालनमा ल्याउने


२४ कार्तिक २०७६, आइतबार


विराटनगर । नर्सिङ सेवा स्वास्थ्यको मेरुदण्ड भएकाले गुणस्तरीय हुनु आवश्यक रहेको आज यहाँ आयोजित एक कार्यक्रममा सेवाग्राहीले बताएका छन् । नवजात शिशु र मातृ मृत्यु दर घटाउन र साधारण प्रसूतिको दर वृद्विका लागि नर्सिङ सेवालाई ‘मिडवाइफ’ सम्बन्धी विशेष तालीम दिनु पर्ने आजको आवश्यक्ता रहेको उनीहरुको जोड थियो ।

स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महासंघ काठमाडौँद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय नर्सिङ ‘मिडवाफ फ्री’ सेवासम्बन्धी नीति तथा संवाद कार्यक्रममा सेवाग्राहीहरूले त्यस्तो धारणा व्यक्त गरेका हुन् ।

प्रादेशिक अस्पताल ९कोशी० विराटनगरका मेडिकल सुपरिटेण्डेण्ट डा.गुणराज लोहनीले केही समयभित्र १०० शय्याको बर्थिङ सेन्टर सञ्चालन गर्ने जानकारी दिँदै दुई वर्षभित्र अस्पतालले राष्ट्रियस्तरको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने अठोट व्यक्त गरे ।

हरिनगरा गाउँपालिकाका प्रमुख गफ्फुर अन्सारीले यसक्षेत्रका महिलालाई गर्भवती भएदेखिनै पोषणसहितको स्वास्थ्य सेवा उपलव्ध गराउँदै आएको बताए ।

स्वास्थ्य कार्यालय धनकुटाका निर्देशक चन्द्रदेव मेहता, प्रदेश स्वास्थ्य सेवाप्रमुख सुरेश मेहता, अमृता पहाडी, बाला राई, रोशनी लक्ष्मी तइतुई, कविता पाण्डे, कृष्णप्रसाद भण्डारी र पदम सरदारले मिडवाइफमा लगानी गरेमा समुदायमा १६ गुणा प्रतिफल प्राप्त हुने धारणा व्यक्त गरे ।

कार्यक्रमबाट प्राप्त सुझावका आधारमा नर्सिङ मिडवाइफ फ्री सेवासम्बन्धी रणनीति तयार गर्न सहयोग पुग्ने उद्देश्यले सातै प्रदेशमा यस प्रकारको कार्यक्रम आयोजना गरिने भएको छ ।

नेपालमा मिडवाइफसम्बन्धी स्नातकोत्तर तहमा तीन विश्वविद्यालयले तीन स्थानमा विगत तीन वर्षदेखि अध्यापन गर्दै आइरहेका छन् । हाल नेपालमा ८९ हजार ८४५ नर्सिङ तथा अनमी दर्ता रहेका छन् । नेपालमा १८९ शिक्षण संस्थाबाट प्रतिवर्ष चार हजार सात सय नर्सिङ र एक हजार अनमी उत्पादन भइरहेको सोही अवसरमा जानकारी दिइयो ।

Tags :
प्रतिक्रिया दिनुहोस